धनगढी- माध्यामिक शिक्षा परीक्षा (एसइई) मा सुदूरपश्चिमका १७ हजार ३६ विद्यार्थी उत्तीर्ण भएका छन् । आज राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार यस प्रदेशका उक्त संख्याका विद्यार्थी उत्तीर्ण भएका हुन् ।
नतिजाअनुसार सुदूरपश्चिमबाट ५३ हजार ४ सय ४६ जना परीक्षार्थी सहभागी हुँदा ३६ हजार ४ सय १० जना अनुत्तीर्ण भएका छन्। यस प्रदेशबाट परीक्षामा सहभागीमध्ये ६८ प्रतिशत विद्यार्थीले ननग्रेड ल्याएका छन्। देशभर परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७ दशमलव ८६ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन्। त्यस्तै देशभर गणित बिषयमा सबैभन्दा धेरै विद्यार्थी अनुत्तीर्ण भएका छन् ।













