• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, भदौ २९, २०८३
☰
सोमबार, भदौ २९, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ४. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ५. सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार, सबै हल्ला मात्र

  • ६. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ७. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • ८. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • ९. बादी र दलित समुदायका अधिकार सुनिश्चित गर्छौं : मुख्यमन्त्री भट्ट

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

आधुनिक प्रविधिको प्रयोग गरी धान उत्पादन गरिँदै

  •   शुक्रबार, असार १५, २०८१ मा प्रकाशित

कञ्चनपुर- आधुनिक प्रविधिको प्रयोगरी धान उत्पादन बढाउन प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाअन्तर्गत कञ्चनपुरमा अनुदानका कार्यक्रम सञ्चालन गरिएका छन् । परियोजना कार्यान्वयन इकाइको समन्वयमा चक्लाबन्दीमा मेसिनको प्रयोग गरी आधुनिक प्रविधिमार्फत धानखेतीका साथै धानको बीउ उत्पादन गर्न थालिएको हो ।

इकाइका कार्यालयका प्रमुख सन्जु रिमालका अनुसार ध्रुवतारा सामुदायिक विकास कृषि सहकारी संस्थाले शुक्लाफाँटा नगरपालिका–१० मा र माता भगवती कृषि सहकारी संस्थाले भीमदत्त नगरपालिका–१२, १४ र १६ मा कार्यक्रम सञ्चालन गरेका छन् । दुवै सहकारीले १५र१५ हेक्टर क्षेत्रफलमा मेसिनको प्रयोग गरी आधुनिक प्रविधिबाट धानखेती गर्न सहजीकरण गरिरहेका उनको भनाइ छ ।

प्लास्टिको ट्रेमा धानको बेर्ना तयार गरी दुवै सहकारीमा आबद्ध किसानले पहिलो पटक धान रोप्ने मेसिनको प्रयोग गरी रोपाइँ गरिरहेका प्रमुख रिमालले बताइन् । “धान रोप्दा लाग्ने लागत खर्चमा कमी ल्याउन मेसिनको प्रयोगलाई प्राथमिकता दिएका छौँ”, उनले भनिन्, “सहकारीमा आबद्ध किसानलाई आवश्यक बीउ, विषादी, सुक्ष्म खाद्यतत्व, जाईम, धान रोप्ने मेसिन, पावर टिलर, मिनी टिलर, पावर टिलरमा लाग्ने रिपर, पावर टिलरको हिले चक्कालगायत सामग्रीमा अनुदानको व्यवस्था गरी उपलब्ध गराएका छौँ ।”

योसँगै कम्बाईन मिल, पेडल थ्रेसर, म्यानुअल, सिँचाइ बोरिङ, ईलेक्ट्रिक स्प्रेयर, माटो चाल्ने मेसिन, मेसिनबाट धान रोपाइँसम्बन्धी तालिम तथा बेर्ना तयारीका लागि आवश्यक फ्रेम, प्लाष्टिकलागायत सामग्रीमा अनुदान सहयोग उपलब्ध गराइएको रिमालले जानकारी दिइन् । उनका अनुसार धु्रवतारा सहकारीलाई परियोजनाका तर्फबाट रु ११ लाख ४३ हजार छ सय २५ अनुदान उपलब्ध गराइएको छ भने सहकारीले रु १० लाख ७७ हजार छ सय २५ रकममा सहकार्य गरेको छ ।

भगवती सहकारीलाई परियोजनाका तर्फबाट रु ११ लाख ९२ हजार छ सय ८८ र सहकारीले रु ११ लाख छ हजार नौ सय ३८ रकम लगानी गरेको छ । मेसिनबाट धान रोपाइँ प्रदर्शन कार्यक्रमअन्तर्गत भीमदत्त–६, ११, १५, १७ र वेदकोट नगरपालिका–९ मा एकरएक हेक्टर क्षेत्रफलका १० प्लटमा पाँच वटा चारपाङ्ग्रे मेसिनको सहताले धान रोपाइँ भइरहेको कार्यालय प्रमुख रिमालले जानकारी दिइन् ।

वेदकोट–३, ४, १० को एकरएक र कृष्णपुर नगरपालिका–१ को दुई स्थानमा गरी पाँच स्थानमा छरुवा प्रविधिमार्फत धानखेती भइरहेको छ । स्वदेशी हाईब्रिड धान जातीय प्रदर्शन कार्यक्रमअन्तर्गत भीमदत्त–१०, १७, १८, १९, वेदकोट–३, कृष्णपुर–१, बेलडाँडी गाउँपालिकामा–२, बेलौरी नगरपालिका–८, पुनर्वास नगरपालिका–३ र ८ मा १र१ हेक्टर क्षेत्रफलको कूल १० वटा प्लटमा हर्दिनाथ हाईब्रिड–एक धान रोपिएको छ ।

“मसिनो तथा बास्नादार धानको बजारमा अत्यधिक माग छ । स्थानीयस्तरमा उत्पादन नहुँदा बाह्य क्षेत्रबाट आयात गर्नुपर्ने बाध्यता छ”, कार्यालय प्रमुख रिमालले भनिन्, “भीमदत्त–६, ९ र ११ मा एकरएक, वडा नं १० मा चार र वेदकोट–१, बेलौरी नगरपालिका–६ र शुक्लाफाँटा नगरपालिका–४ मा एकरएक वटागरी कूल १० स्थानमा एकरएक हेक्टर क्षेत्रफलको प्लटमा हर्दिनाथ हाईब्रिड–१, हर्दिनाथ–६, युएस–३०५, एमपि–३०३० जातका खेती गर्न किसानलाई अनुदान उपलब्ध गराइएको छ ।”

कार्यक्रमअन्तर्गत किसानलाई ८५ प्रतिशत अनुदानमा धानको बीउ, विषादी, सुक्ष्म खाद्यतत्व, जाईम, स्प्रेयर, सुपरग्रेन ब्याग, मेसिनबाट रोपाइँका लागि मेसिन अपरेटर, छरुवा धानखेतीअन्तर्गत डिएपी मललगायत कृषि सामग्री उपलब्ध गराइएको उनको भनाइ छ ।

भीमदत्त–१६ स्थित रत्न कृषि बहुउद्देश्यीय सहकारी संस्थाले करिब १५ हेक्टर क्षेत्रफलमा मेसिनबाट धान रोपाइँका लागि करिब तीन हजार चार सय ट्रेमा धानको बेर्ना तयारी गरिएको छ । शुक्लाफाँटा–१० को कञ्चन कृषि वस्तु उत्पादन सङ्कलन तथा प्रशोधन केन्द्रसँग करिब १५ हेक्टर क्षेत्रफलमा धानको सामुदायिक नर्सरी स्थापनाका लागि सम्झौता गरिएको प्रमुख रिमालले जानकारी दिइन् । “यसका लागि बेर्ना तयार गरी धान रोपाइँ अगाडि बढाइएको छ”, उनले भनिन् ।

धान बीउ उत्पादन सहयोग कार्यक्रमअन्तर्गत एक सय हेक्टर क्षेत्रफलमा उत्पादन गर्न बीउ उत्पादन प्रशोधन तथा बजारीकरण कार्यमा संलग्न तीन सहकारी संस्था र दुई बीउ कम्पनीसँग सम्झौता गरी बीउ उत्पादन थालिएको कार्यालय प्रमुख रिमालले बताइन् । उनका अनुसार सोका लागि सम्झौता अनुसार रु ८ लाख बजेट उपलब्ध गराइएको छ । रासस

 

  • धान उत्पादन
शुक्रबार, असार १५, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
मुख्यमन्त्रीको निर्देशनपछि सेतीमा पुरानो भवन अगाडिको गेट खुला
रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय
तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ
भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता
राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै
भन्सार छलीका सामान नियन्त्रणमा

समाचार

सबै

मुख्यमन्त्रीको निर्देशनपछि सेतीमा पुरानो भवन अगाडिको गेट खुला

रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ

भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता

मुख्यमन्त्रीको निर्देशनपछि सेतीमा पुरानो भवन अगाडिको गेट खुला

रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ

भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ४.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ५.
    सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार,

  • ६.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.