• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, भदौ २९, २०८३
☰
सोमबार, भदौ २९, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ७ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ६. सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार, सबै हल्ला मात्र

  • ७. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • ८. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • ९. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

  • १०. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

नयाँ गठबन्धनले बजेट परिमार्जन गरी पारित गर्ने

  •   आइतबार, असार ३१, २०८१ मा प्रकाशित

धनगढी । सत्ता समीकरणको नयाँ गठबन्धनले सुदूरपश्चिम प्रदेश सरकारको बजेट परिर्माजन गरेर मात्रै पारित गर्ने भएको छ ।
केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन बनेपछि सुदूरपश्चिम प्रदेशमा बनेको कांग्रेस, एमाले र नागरिक उन्मुक्ति पार्टी (रेशम समूह) को गठबन्धनले प्रदेश सभामा प्रस्तुत भएको बजेटलाई परिमार्जन गर्ने जनाएको हो । नयाँ गठबन्धनले शनिबार प्रदेश सभाको संसदीय दलहरुको बैठक कक्षमा पत्रकार सम्मेलन आयोजना गरी बजेट त्रुटीपूर्ण रहेको भन्दै बजेट गरेर मात्रै सभामा बजेटमाथि छलफल गर्न सकिने जनाएको छ ।
नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र, एमाले र नागरिक उन्मुक्ति पार्टी (रञ्जिता समूह) ले ल्याएको बजेट नेपाली कांग्रेसले त्रुटीपूर्ण बजेट आएको भन्दै शुरुदेखि विरोध गरेको थियो । एमालेले आर्थिक वर्ष २०८१।०८२ का लागि ल्याइएको नीति तथा कार्यक्रम र बजेट उत्कृष्ट रहेको बताएपनि सत्ता गठबन्धन भत्किएपछि बजेटमा त्रुटीरहेको भन्दै परिमार्जन गर्नुपर्ने भनेको छ ।
एमाले प्रदेश संसदीय दलकी उपनेता सन्तोषकुमारी थापा शर्माले एमाले संसदीय दलका सचेतक सुरेन्द्रबहादुर पाल आर्थिक मामिला मन्त्री भई संसद्मा प्रस्तुत गरेको भएपनि एमालेले सो बजेट स्वीकार्न नसक्ने बताइन् । ‘हाम्रो संसदीयदलका सचेतक सुरेन्द्र पालजीले आर्थिक मामिला मन्त्रीको हैसियतले सदनमा बजेट प्रस्तुत गर्नुभयो,’ उनले भने, ‘तर, उहाँले सभामा बजेट प्रस्तुत गर्नुभन्दा एक÷२ दिन अघि मात्रै मन्त्री नियुक्त हुनु भएकोले उहाँले विनियोजनमा सहभागी हुन पाउनुभएन । कार्यक्रम पुस्तिका पनि विधि विपरित सार्वजनिक भयो । धेरै योजना विक्री भएका छन् ।’
नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री कमलबहादुर शाहले योजना खरिद विक्री भएको हु्नाले पनि नयाँ बन्ने सरकारले बजेट परिमार्जन गरेर मात्रै सभामा छलफल गर्ने बताए । ‘जतिपनि योजना खरिद गरेका व्यक्तिहरु छन्, उनीहरुले कितावमा योजना र बजेट आइसक्यो भनेर ढुक्क नहुँदा हुन्छ,’ उनले भने, ‘यो बजेट पुरै परिमार्जन हुन्छ । प्रदेश सरकार अल्पमतमा परिसकेको छ । छिट्टै हामीले सरकार बनाएर बजेट परिमार्जन गर्छौं ।’
आर्थिक वर्ष सकिन दुई दिन मात्रै बाँकी रहेको बेला प्रदेश सरकार अल्पमतमा परेको हुनाले सभामा बजेट छलफल हुन सकेको छैन । नेपालको संविधान र सुदूरपश्चिम प्रदेश आर्थिक कार्यविधि ऐन बमोजिम असार मसान्तभित्रै बजेट सभाबाट पारित भइसक्नुपर्ने हुन्छ । तर सभाबाट बजेट पारित हुन नसक्ने अवस्थामा अल्पमतमा परेको सरकारले अध्यादेशबाट बजेट ल्याउन खोजेको आरोप समेत लगाएको छ । ‘अल्पमतमा परिसकेको र कुनै पनि हालतमा विश्वासको मत नपाउने स्पष्ट भइसकेको बेला मुख्यमन्त्रीले राजिनामा दिनुपर्छ,’ नेता शाहले भने, ‘उहाँले संविधानले दिएको ३० दिनको अधिकार प्रयोग गर्न खोज्नु भएको छ । तर उहाँले नैतिक रुपमा राजिनामा दिनुपर्छ ।’
यद्दपि, आफ्नै दलका सचेतकले आर्थिक मामिला मन्त्री भई सभामा प्रस्तुत गरेको बजेटको नैतिक जिम्मेवारी एमालेले लिने उपनेता थापाशर्माले बताइन् । उनले मुख्यमन्त्री दीर्घबहादुर सोडारीले तत्कालै राजिनामा दिएर नयाँ सरकार बनाउने बाटो खोल्नुपर्ने बताइन् ।
नागरिक उन्मुक्ति पार्टी (रेशम समूह) को प्रदेश संसदीय दलका नेता लक्ष्मण चौधरीले पनि मुख्यमन्त्री सोडारीको राजीनामा माग गरे । उनले अल्पमतमा परी काम चलाउन भइसकेको सरकारले प्राशसनिक कार्यबाहेकको निर्णय लिन नहुने बताउँदै अध्यादेशबाट बजेट ल्याउन नहुने बताए ।
कांग्रेस संसदीय दलले व्यक्तिगत फर्महरुलाई पैसा नहाल्ने नीति लिएको भएपनि यो नीति तथा कार्यक्रम र बजेटमा व्यक्तिगत फर्महरुलाई बजेट दिने गरी योजना समावेश गएको आरोप लगाउँदै बजेट परिमार्जन गर्नुपर्ने बताएको छ । सत्ता समिकरण परिवर्तन भएसंगै आर्थिक मामिला मन्त्रीबाट राजिनामा दिई सरकारबाट बाहिरिएका पालले सभामा प्रस्तुत भएको दोस्रो दिन पत्रकार सम्मेलन गरी अहिलेसम्मको सबै बजेट भन्दा उत्कृष्ट बजेट ल्याएको दावी गरेका थिए । तर बजेटमाथि छलफल नै प्रारम्भ नगरी सरकारबाट बाहिरिएपनि उनले पनि बजेटमा त्रुटी रहेको र समय नभएकाले आफूले चार घण्टा सरसरटी अध्ययन गरेर मात्रै सभामा बजेट प्रस्तुत गरेको बताएका छन् ।
प्रदेश सरकारले यही असार १ गते प्रदेश सभामा ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार रुपैयाँको बजेट प्रस्तुत गरको थियो । तत्कालीन आर्थिक मामिला मन्त्री सुरेन्द्रबहादुर पालले पुँजिगतर्फ १७ अर्ब ५३ करोड ८ लाख ५५ हजार र चालुतर्फ ११ अर्ब ७ करोड १९ लाख ६३ हजा, स्थानीय तहलाई वित्तीय हस्तान्तरणतर्फ २ अर्ब ९२ करोड ७० लाख १० हजार र वित्तीय व्यवस्थातर्फ १० करोड रुपैयाँ विनियोजन गरिएको जनाएका थिए । एमाले प्रदेश सरकारबाट बाहिरिएपछि प्रदेश सरकार अल्पमतमा पर्नुकासाथै यो बजेट पनि अलपत्र परेको छ ।

  • नयाँ गठबन्धनले बजेट परिमार्जन गरी पारित गर्ने
आइतबार, असार ३१, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता
राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै
भन्सार छलीका सामान नियन्त्रणमा
अटोको ठक्करबाट एक जनाको मृत्यु,एक घाइते
मुख्यमन्त्री भट्टद्वारा तीजको शुभकामना
बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि सरकार अगाडि बढेको छ : मन्त्री भाट

समाचार

सबै

भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता

राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै

भन्सार छलीका सामान नियन्त्रणमा

अटोको ठक्करबाट एक जनाको मृत्यु,एक घाइते

भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता

राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै

भन्सार छलीका सामान नियन्त्रणमा

अटोको ठक्करबाट एक जनाको मृत्यु,एक घाइते

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ७ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ६.
    सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार,

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.