• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, भदौ २९, २०८३
☰
सोमबार, भदौ २९, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ७ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ६. सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार, सबै हल्ला मात्र

  • ७. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • ८. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • ९. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

  • १०. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

सुदूरपश्चिममा सवारी साधन कर बढ्यो

  •   आइतबार, असार ३१, २०८१ मा प्रकाशित

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि सवारी साधन करको दर बढाएको छ । आर्थिक मामिला मन्त्री सुरेन्द्रबहादुर पालले असार १ गते प्रदेश सभामा बजेट वक्तव्यसंगै पेश गरेको सुदूरपश्चिम प्रदेश आर्थिक विधेयक २०८१ मा निजी र सार्वजनिक सवारी साधनमा लाग्दै आएको करमा एक सयदेखि पाँच हजार रुपैयाँसम्म बृद्धि गरिएको छ । आर्थिक मामिला मन्त्री पालले प्रदेशको आगामी आर्थिक वर्षका लागि करका केही दरहरु परिवर्तन गर्नुका साथै करका दर र दायरा समेत बढाइएको बताए ।

सो विधेयक अनुसार चालु आर्थिक वर्षमा एक हजार सिसिसम्मको कार, जिप, भ्यान, माइक्रोबसले वार्षिक १९ हजार रुपैयाँ कर बुझाउँदै आएकोमा आउँदो साउन १ गतेदेखि २१ हजार रुपैयाँ बुझाउनुपर्ने छ । निजी कार, जिप, भ्यान, माइक्रो बसको सवारी साधन कर २ हजारदेखि ५ हजार रुपैयाँले बृद्धि गरिएको छ । निजी डोजर, एक्साभेटर, लोडर, रोलर, ट्रिपर, क्रेन जस्ता मेसिन उपकरणको कर ३५ हजारबाट बृद्धि गरी ४० हजार बनाइएको छ भने मिनि ट्रिपरको कर २५ हजारबाट २८ हजार बनाइएको छ ।

प्रदेश सरकारले निजी ट्रेक्टरको कर दोब्बर बृद्धि गरी ८ हजार बनाइएको छ भने पावल टिलरको कर बृद्धि गरिएको नगर एक हजार नै कायम गरिएको छ । हारवेष्टरमा प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि ४ हजार रुपैयाँ कर लिने भएको छ । मिनि ट्रक र मिनि बसमा २० हजार कर लिइदै आएकोमा आगामी वर्षमा २३ हजार रुपैयाँ कर दिइने छ । ट्रक र बसको ३० हजार रुपैयाँ कर लिइदै आएकोमा आगामी वर्ष ३५ हजार रुपैयाँ लिइने छ । निजी तीनपांग्रेमा समेत सार्वजनिक सवारी तीनपांग्रे सरह कर लिइदै आएकोमा आगामी वर्षदेखि निजी तीन पांग्रे सवारी साधनको चार हजार पाँच सय रुपैयाँ कर लिइने बताएको छ ।

निजी र सार्वजनिक दुई पांग्रे सवारी साधनको करको दर समान रहेकोमा प्रदेश सरकारले आगामी आर्थिक वर्षमा निजी दुई पांग्रे सवारी साधनको कर बृद्धि गरेको छ भने सार्वजनिक दुई पांग्रे सवारी साधनको कर चालु आर्थिक वर्षकै दर कायम गरिएको छ । १२५ सिसिसम्म दुई पांग्रेको कर आगामी आर्थिक वर्षदेखि दुई हजार ६ सय रुपैयाँ लाग्ने छ भने १२६ देखि १५० सिसिसम्मको दुईपांग्रेको कर चार हजार आठ सय लाग्ने छ । १५१ देखि १५० सिसिको दुई पांग्रेको छ हजार, २५१ देखि ४०० सिसिको दुई पांग्रेको १० हजार र ४०१ सिसिदेखि माथिको दुई पांग्रेमा ११ हजार ५ सय रुपैयाँ कर लाग्ने छ । सार्वजनिक सवारी दुई पांग्रे सवारी सधानको कर दुई हजार पाँच सयदेखि ९ हजार रुपैयाँसम्म लाग्ने छ । यो दर चालु आर्थिक वर्षमा समेत कायम छ ।

निजी विद्युतीय मोटरसाइकल र स्कुटरमा एक हजारदेखि ३ हजारसम्म कर लाग्दै आएको विधेयकले आगामी आर्थिक वर्षदेखि एक हजार दुई सयदेखि ३ हजार पाँच सयसम्म कर लाग्ने छ । सार्वजनिक दुई पांग्रे विद्युतीय साधनको कर निजी दुई पांग्रे विद्युतीय सवारी साधनको कर सरह लाग्ने विधेयकमा उल्लेख छ ।

निजी विद्युतीय कार, जिप, भ्यान, माइक्रोबस र बसमा १० हजारदेखि ३० हजारसम्म कर लाग्दै आएकोमा आगामी वर्षका लागि १२ हजारदेखि ३५ हजार रुपैयाँ लाग्ने छ । आगामी आर्थिक वर्षदेखि ईरिक्साले वार्षिक ३ हजार रुपैयाँ कर तिर्नुपर्ने छ । सार्वजनिक विद्युतीय चार पांग्रे सवारी साधनको दुई हजार ५ सयदेखि १५ हजार रुपैयाँ कर लाग्दै आएकोमा बृद्धि गरी ३ हजार ५ सयदेखि २० हजार रुपैयाँ निर्धारण गरिएको छ ।
प्रदेश सरकारले सवारी साधन दर्ता, नविकरण, नामसारी, दर्ता परिवर्तनमा लाग्दै आएको दस्तुर समेत बृद्धि गरेको छ । दस्तुरमा समेत प्रदेश सरकारदे एक सय रुपैयाँदेखि एक हजार रुपैयाँसम्म बृद्धि गरेको छ । पर्यटक र संस्थानको सवारी साधन कर र दस्तुर सार्वजनिक सवारी साधन सरह लाग्ने विधेयकमा उल्लेख छ । प्रदेश सरकारले सवारी साधनको रुट ईजाजत, प्रदुषण जाँच पास लगायतको सेवा दस्तुर समेत बृद्धि गरेको छ ।

  • मा सवारी साधन कर बढेयो
आइतबार, असार ३१, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता
राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै
भन्सार छलीका सामान नियन्त्रणमा
अटोको ठक्करबाट एक जनाको मृत्यु,एक घाइते
मुख्यमन्त्री भट्टद्वारा तीजको शुभकामना
बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि सरकार अगाडि बढेको छ : मन्त्री भाट

समाचार

सबै

भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता

राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै

भन्सार छलीका सामान नियन्त्रणमा

अटोको ठक्करबाट एक जनाको मृत्यु,एक घाइते

भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता

राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै

भन्सार छलीका सामान नियन्त्रणमा

अटोको ठक्करबाट एक जनाको मृत्यु,एक घाइते

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ७ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ६.
    सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार,

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.