धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले सदनमा बजेट माथि छलफल शुरु नहुँदै बजेट अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले बजेट अधिवेशन अन्त्य गर्नका लागि प्रदेश प्रमुखलाई पत्रचार गर्ने निर्णय गरेको हो । मुख्यमन्त्रीको सचिवालयले मन्त्रिपरिषद्को निर्णय अनुसार प्रदेश प्रमुख कार्यालयमा पत्राचार गरेको जनाएको छ ।
संघीय सत्ता गठबन्धन परिवर्तन भई नेकपा एमाले र नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्ने भएपछि सुदूरपश्चिम प्रदेश सरकार पनि अल्पमतमा परेको छ । सरकार अल्पमतमा परेपछि सदनबाट बजेट पारित हुन नसक्ने अवस्थामा मन्त्रिपरिषद्ले प्रदेश सभाको बजेट अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो ।
प्रदेश सरकारले सदनबाट बजेट पारित नहुने अवस्थामा अध्यादेशबाट बजेट ल्याउने तयारी गरेको छ संविधानमा सदन नचलेको अवस्थामा अध्यादेशबाट बजेट ल्याउन सकिने व्यवस्था गरेको छ ।
बजेट अधिवेशन अन्त्य गर्ने प्रदेश सरकारको निर्णय
बजेट अधिवेशन अन्त्य गर्ने प्रदेश सरकारको निर्णय
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













