धनगढी– कैलालीका एक पुरुष कञ्चनपुरमा मृत अवस्थामा फेला परेका छन् । कैलालीको धनगढी उपमहानगरपालिका–३ विशालनगर घर भई हाल कञ्चनपुरको भीमदत्त नगरपालिका–६ मा रहेको विनोद अटो वर्कशपमा काम गर्ने ३५ वर्षीय जिवन लामा आइतवार मृत अवस्थामा फेला परेका हुन् ।
लामा भीमदत्त नगरपालिका–४ विद्युत कार्यालय अगाडी मृत अवस्थामा फेला परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ। सो सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।














