कैलाली- नमस्ते वचत तथा ऋण सहकारी संस्था लिमिटेडले लगानीमुखी वातावरण सिर्जना गर्न उत्पादनमा जोड दिएको छ । धनगढी ८ मा रहेको सहकारीले कृषि, व्यापार,लघुउद्यम,लघुवित्त,शिक्षा जस्ता क्षेत्रमा लगानी गरी उत्पादनलाई जोड दिएको हो ।
गत आर्थिक वर्षमा मात्रै यी क्षेत्रहरुमा ३४ करोड १६ लाख ३२ हजार लगानी गरेको संस्थाका प्रमुख विजय चौधरीले निशाना न्युजलाई जानकारी दिए । चालु आर्थिक वर्षमा हिसाब किताब हुन बाँकी रहेकोले अहिल्यै लगानीका बिषयमा भन्न नमिल्ने उनले बताए । उनले सहकारीको स्थापना २०६५ मा भएको र हाल सम्म कुल शेयर सदस्य ६ हजार ४१७ रहेको बताए ।
गत आर्थिक वर्षको अबधिमा शेयर पुँजीमात्र ४ करोड ४२ हजार दुई सय रहेको उनको भनाइ छ । व्यक्तिलाई ऋण दिँदा धितो १५ लाख र समूह मार्फत ऋण लगानी गर्दा ३ लाख सम्म रहेको छ । ‘बिगतमा ४५ लाख सम्म पनि ऋण दिने गरेका थियौँ उनले भने ‘वर्तमानमा ऋणमा परिमार्जन गरी अधिकतम १५लाख सम्म दिने गरेका छौँ । उत्पादनलाई टेवा पुग्ने उदेश्यले खाजा,बेमौसी तरकारी,चुरापोते बनाउने सम्बन्धी तालिम दिदै आएको उनले बताए । ‘शेयर सदस्यका छोराछोरीले इन्जिनियर अध्ययन गर्न चाहेका तर पढाउन नसक्ने त्यस्ता व्यक्तीलाई ऋण दिँदै आएका छौँ’ उनले भने ‘ऋण लगानी गरिएको क्षेत्रबाट असुल पनि सन्तोषजनक भइरहेको छ । त्यस्तो कुनै गाह्रो छैन ।’
‘समाजको हितका लागि काम गर्छौँ’ उनले भने ‘समाजका व्यक्तिले स्थापना गरेको सहकारीका कारणले पनि सहज भइरहेको छ।’













