धनगढी । कैलालीमा गत आर्थिक वर्षमा सात सय १४ वटा घरेलु तथा साना उद्योग दर्ता भएका छन् ।
घरेलु तथा साना उद्योग कार्यालयले दिएको जानकारी अनुसार छ सय ६१ प्राइभेट, १९ साझेदारी र ३४ प्राइभेट लिमिटेड गरी जम्मा सात सय १४ वटा उद्योग दर्ता भएका छन् ।
गत आर्थिक वर्षमा उद्योग दर्ता, नविकरण, ठाउँसारी, नामसारी, नाम परिवर्तन लगायतबाट एक करोड ७७ लाख ४४ लाख सात सय ७७ रुपैयाँ राजश्व संकलन गरेको जनाइएको छ । यसैगरी बाणिज्य तर्फ प्राइभेट दुई सय ९४ र साझेदारी ७ गरी ३०१ फर्म दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय धनगढीले जनाएको छ ।
पछिल्लो समयमा उद्योग दर्तामा महिलाको स्वामित्व उल्लेख्य रूपमा बढ्दै गएको देखिएको छ । महिलाको नाममा प्राइभेट फर्मको दर्तामा छूटको कानूनी व्यवस्था गरिएसँगै उद्योग दर्तामा महिलाको स्वामित्व बढेको जनाइएको छ ।
‘रू. १ करोडसम्मको कुलपूँजी भएका निजी फर्ममा महिलाका नाममा दर्ता गर्न दर्ता शुल्कमा छूटको कानूनीव् यवस्था गरिँदा उद्योगमा महिलाको स्वामित्व उल्लेख्य बढेको छ,’लेखाअधिकृत टिकेन्द्र प्रसाद जोशीले बताए ।













