धनगढी- कञ्चनपुरमा अवैध लागूऔषध सहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भिमदत्त नगरपालिका–१८ भगतपुरका २० बर्षीय दिप्पु चौधरी र २९ वर्षीय अशोक चौधरी रहेका छन् ।
शुक्रबार लागूऔषध व्युरो शाखा कार्यालय महेन्द्रनगर कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले लागु औषधको कारोबार भई रहेको छ भन्ने गोप्य सूचनाको आधारमा निज दुबैजना माथि शंका लागि चेकजाँच गर्ने क्रममा अशोकले लगाएको हाप पाईन्टको दाहिने खल्तीमा लुकाई छिपाइ राखेको ०.३० ग्राम लागूऔषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ फेला पारी आवश्यक प्रक्रिया पूरा गरि नियन्त्रणमा लिएको तथा थप अनुसन्धान भईरहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।













