कैलाली- जनता राष्ट्रिय माध्यामिक विद्यालय हाताभित्र सरस्वती मन्दिर निर्माण कार्यका लागि गृहकार्य हुन थालेको छ । आज धनगढी उपमहानगरपालिका–१३ स्थित सो विद्यालयमा जेष्ठ नागरिकको भेला बसी मन्दिर निर्माणका लागि गृहकार्य थालनी गरेको हो ।
आधुनिक प्रकारको मन्दिर बनाउनका लागि आवश्यक छलफल भएको तथा नवराज ओझा अध्यक्ष रहने गरी ९ सदस्यीय कार्य समिति समेत गठन गरिएको सचिव टेकराज भट्टले निशाना न्युजलाई जानकारी दिए ।
उनले भने ‘वडाध्यक्ष अहिले बाहिर गएकाले भेटघाट हुन पाएको छैन आउना साथ मन्दिरको डिपिआर तयार गर्न अनुरोध गर्छौँ’













