कैलाली- कैलालीको गोदावरी नगरपालिका–९ मुर्कट्टीस्थित खुटिया नदीमा तटबन्धन निर्माणपछि झण्डै ५ सय घरधुरी नदी कटान र डुबानको जोखिमबाट मुक्त भएका छन ।
जनताको तटबन्धन कार्यालयले आर्थिक बर्ष २०८०।०८१ मा ५ सय ६६ मिटर तटबन्धन निर्माण गरेपछि सो क्षेत्रका घर डुबान र कटानको जोखिमबाट मुक्त भएका हुन ।
गोदावरी–९ मुर्कट्टीका स्थानीय विमल रानाले तटबन्धन नहुनु अघि बर्खायाममा पानीको सतह वढ्नाले घरहरु डुबान हुँदा अन्यन्त्र ठाउँमा बसाइ सरि जानु पर्ने अवस्था रहेको बताए । ‘केही घर परिवार विस्थापित पनि भएका छन’, उनले भने ‘तटबन्धन पश्चात अहिले त्यस्तो समस्या छैन ।’
‘पानी पर्ना साथ त्रसित भएर बस्नु पर्ने स्थिति थियो’, उनले भने ‘आजभोलि भने ढुक्क भएर बसेका छौँ ।’

‘तटबन्धन पश्चात डुबान भएको छैन ढुक्कले बसेका छौँ’ उनले भने । घरायसी समस्याका कारण महेन्द्रनगरबाट बसाइ सरि यहाँ आएका अर्का स्थानीय कल्लु रानाले आएकै बर्ष खुटिया नदीको पानीले घर डुबाउँदा बस्न नसक्ने स्थिति भएको उनले बताए । उनले भने ‘तटबन्धन पश्चात डुबान बाट मुतm पाएका छौ । कुनै डर लाग्दैन र पानीको सतह बढे पनि डुबानको समस्या हुँदैन् ।’

जनताको तटबन्धन कार्यक्रम अन्तरगत गोदावरी–९ धनचौरी,अर्जुनी टोल,मुर्कट्टी लगायतका ५ र मोहनाका ७ स्थानमा तटबन्धनको लागत रकम ५२ करोड रहेको तटबन्धन कार्यालयका प्रमुख श्रीप्रसाद शाहले निशाना न्युजलाई जानकारी दिए । उनले एशियाली विकास बैंकको ऋण सहयोगमा सो तटवन्धन निर्माण कार्य भइरहेको बताए । उनले भने‘काम सम्पन्न हुन अझै केही समय लाग्छ । ९० प्रतिशत काम सम्पन्न भइसकेको छ ।’













