• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
आइतबार, भदौ २८, २०८३
☰
आइतबार, भदौ २८, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १८ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • ९. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

चामल आयात घट्यो

  •   शुक्रबार, साउन ११, २०८१ मा प्रकाशित

धनगढी– बढ्दो महँगीसँगै सुदूरपश्चिम प्रदेशमा चामल आयात घट्दै गएको छ । विगत तीन आर्थिक वर्षदेखि निरन्तर रुपमा चामल आयात घट्दो क्रममा रहेको हो । आर्थिक वर्ष २०७९–८० मा आठ हजार ७२८ टन चामल आयात भएकोमा आर्थिक वर्ष २०८०–८१ मा ६१० टन मात्रै चामल आयात भएको कैलाली भन्सार कार्यालयले जनाएको छ ।

२०७९–८० मा ४९ करोड ११ लाख रुपैयाँको मसिनो चामल आयात भएकोमा २०८०–८१ मा पाँच करोड ९३ लाख रुपैयाँको चामल आयात भएको भन्सारको तथ्यांकमा उल्लेख छ । आर्थिक वर्ष २०७८–७९ मा भारतबाट एक अर्ब ६ करोड ५६ लाख रुपैयाँ मूल्यका २३ हजार ६१५ टन चामल आयात भएको थियो ।

जिल्ला भन्सार कार्यालय कैलालीका सूचना अधिकारी पवित्रकुमार खड्काले त्रिनगर भन्सार नाकाबाट चामल आयात हुने क्रम निरन्तर घट्दै गएको बताए । उनले नेपाल र भारतमा पाइने चामलको मूल्य लगभग समान हुन थालेकाले पनि चामल आयात कम भइरहेको जानकारी दिए । उनले बढ्दो महँगीको कारण नेपालीहरुले आफ्नै मुलुकमा उत्पादन हुने चामलमा भर पर्न थालेकाले पनि भारतबाट ल्याउने चामल घटिरहेको बताए ।

उनका अनुसार आर्थिक वर्ष २०७९–८० मा दुई हजार ९८० टन बासमती चामल आयात भएकोमा गत आर्थिक वर्ष २०८०–८१ मा बासमती चामल आयात भएको देखिदैन् । चामल आयातबाट गत आर्थिक वर्षमा चार लाख ५५ हजार रुपैयाँ भन्सार महशुल असुली भएको थियो भने अघिल्लो वर्ष तीन करोड ४१ लाख रुपैयाँ असुल भएको छ ।

यसैगरी, मकै र लाहीको दाना आयात पनि घटेको छ । अघिल्लो आर्थिक वर्षमा ३३ करोड ९३ लाख रुपैयाँको नौ हजार १६३ टन मकै आयात भएकोमा गत वर्ष आधा घटेर १८ करोड ३८ लाख रुपैयाँको चार हजार ७२८ टन आयात भएको थियो । त्यसबाट अघिल्लो आर्थिक वर्षमा एक करोड ७० लाख राजस्व असुली भएकोमा गत वर्ष ९४ लाख ८३ हजार रुपैयाँ असुल भएको थियो ।

यसैगरी, अघिल्लो वर्ष २६ करोड ९२ लाख रुपैयाँको तीन हजार २५६ टन लाहीको दाना आयात भएकोमा गत वर्ष एक करोड ९१ लाख रुपैयाँको २६३ टन मात्रै आयात भएको छ । यसबाट अघिल्लो आर्थिक वर्षमा चार करोड १९ लाख ६५ रुपैयाँ राजस्व असुल भएकोमा गत वर्ष ४५ लाख १३ हजार रुपैयाँ मात्रै राजस्व प्राप्त भएको सूचना अधिकारी खड्काले बताए ।

किराना व्यवसायी संघ कैलालीका पूर्व अध्यक्ष लक्ष्मण पन्तले मसिनो चामलको मूल्य बढेको कारण उपभोक्ताले मोटो चामल खान थालेको बताए । उनले २० किलो मसिनो चामलको मूल्य १ हजार ६ सय रुपैयाँ रहेकोमा अहिले बढेर २ हजार २ सय रुपैयाँ पुगेको छ । उनले २० किलो मोटो चामलको मूल्य एक हजार १ सय रुपैयाँ रहेकोमा बढेर १ हजार ६ सय रुपैयाँ पुगेको बताए ।

‘चामलको मूल्य बढेको छ । पहिले मसिनो चामल आउने रेटमा अहिले मोटो चामल आइरहेको छ,’ उनले भने, ‘मूल्य बढे पनी मानिसको आम्दानी बढेको छैन । सोही कारण बाध्य भएर मोटो चामल खानु पर्ने अवस्था छ ।’

गहुँ आयातमा पनि वृद्धि
आर्थिक वर्ष २०७९–८० को तुलनामा आव २०८०–८१ मा गहुँ आयात दोब्बरभन्दा बढीले वृद्धि भएको छ । २०७९–८० मा दुई हजार ३८३ टन गहुँ आयात भएकोमा २०८०–८१ मा ६ हजार ३७७ टन गहुँ आयात भएको छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष तीन हजार ९९४ टन बढी गहुँ आयात भएको हो ।

सूचना अधिकारी खड्काले २०७९–८० मा १० करोड ५० लाख रुपैयाँको गहुँ आयात हुँदा ५२ लाख ५२ हजार रुपैयाँ राजस्व असुल भएको बताए । उनले २०८०–८१ मा २६ करोड ३७ लाख रुपैयाँको गहुँ आयात भई एक करोड ३१ लाख रुपैयाँ राजस्व प्राप्त भएको जानकारी दिए ।

शुक्रबार, साउन ११, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
पौने दुई लाखका भन्सार छलीका सामान नियन्त्रणमा
आज तीजको दर खाने दिन
कस्तो रहला आज देशभरको मौसम ?
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा

समाचार

सबै

पौने दुई लाखका भन्सार छलीका सामान नियन्त्रणमा

आज तीजको दर खाने दिन

कस्तो रहला आज देशभरको मौसम ?

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

पौने दुई लाखका भन्सार छलीका सामान नियन्त्रणमा

आज तीजको दर खाने दिन

कस्तो रहला आज देशभरको मौसम ?

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १८ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.