धनगढी–अल्लोबाट उत्पादित कपडाको बजार माग बढन थालेको छ । धनगढी–३ चटकपुरमा रहेको अल्लो कपडा उद्योगवाट दिनहँु कपडाको माग बढन थालेको हो ।
पहाडी जिल्ला दार्चुलामा विगत १२ बर्षदेखि दुई मेसिनबाट संचालित सो उद्योगबाट उतपादित कपडाको बजार माग बढ्न थालेपछि ३ बर्ष देखि धनगढीमा पनि उद्योग संचालनमा ल्याएको संचालक वागमतीदेबी धामीले निशाना न्युजलाई जानकारी दिइन । हामीसँग अहिले ६ मेसिनबाट काम भईरहेको उनले बताइन ।
माग अनुसार सुदुरपश्चिमका ९ जिल्ला र काठमाण्डौ पनि कपडा जाने गरेको उनको भनाइ छ । जाडो मौसममा कपडाको माग वढी हुने गरेको र धेरै जसो महोत्सबका बेला उत्पादित कपडाका थान बिक्री हुने गरेको धामीको भनाइ छ ।
गर्मी मौसमभन्दा जाडो मौसमका बेला कपडाको माग धेरै हुने गरेको उनले बताइन् । उद्योगमा कपडा बुन्ने व्यक्तिलाई एक मिटरको एक सय रुपैयाँ ज्याला दिने गरेको उनले वताईन ।
उद्योगमा उत्पादित एक पिस कपडालाई तीनहजार ५०० देखि चार हजारमा सम्म बिक्री गर्दै आएको धामीले जानकारी दिइन् ।
उनले सबै खर्च कटाए बार्षिक पाँच लाख जति बचत हुने गरेको बताइन् । पछिल्लो समयमा उद्योगमा उत्पादित कपडाको बजार माग बढ्दै जान थालेपछि दुई वटा मेसिन थप्ने योजना रहेको उनले बताइन् ।













