धनगढी- प्रहरीले कैलालीबाट अवैध लागूऔषध सहित एक जनालाई पक्राउ गरेको छ । बिहीबार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–१२ नवदुर्गा टोलबाट सोही ठाउँका २५ वर्षीय नारायण खड्कालाई लागूऔषध सहित पक्राउ गरेको जनाइएको छ ।
निजलाई २ सय ४० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित नियन्त्रणमा लिइएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । सो सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।














