• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
आइतबार, भदौ २८, २०८३
☰
आइतबार, भदौ २८, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १७ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • ९. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

दूधको बजारीकरण गर्ने सहकारी संकटमा

  •   आइतबार, साउन २०, २०८१ मा प्रकाशित

धनगढी– किसानले उत्पादन गरेको दूधको बजारीकरण गर्ने उद्देश्यले स्थानपना भएका सहकारीहरू संकटमा परेका छन् । संकलन गरेको दूध खरिद गर्ने दुग्ध विकास संस्थानले भुक्तानी नदिएको कारण उनीहरू संकटमा परेका हुन् । गौरीगंगा नगरपालिका–४ राजीपुरको राजीपुर दुग्ध सहकारी संस्थाले संस्थानबाट २४ लाख रुपैयाँ भुक्तानी लिन बाँकी छ ।

सहकारीका व्यवस्थापक होमराज सापकोटाले ब्याजमा पैसा खोजेर किसानलाई भुक्तानी दिनुपर्ने अवस्था आएको बताए । उनले दूध बिक्रीको आम्दानी घर भाडा, कर्मचारीको तलब, स्टेशनरीमै ठिक्क हुने गरेको बताए । दूध संकलन गरेबापत सहकारीलाई संस्थाले प्रतिलिटर २ रुपैयाँ टिडिएस दिने गरेको व्यवस्थापक सापकोटाले बताए ।

यद्दपि, संस्थानबाट गत कात्तिक महिनादेखिको भुक्तानी लिन बाँकी रहेको उनले बताए । ‘आफैले संकलन गरेको दूध प्रशोधन गरी बिक्री गर्न बजार छैन,’ उनले भने,‘ प्रशोधनको लागि लगानी गर्ने पुँजी नभएको र कात्तिकदेखिको भुक्तानी आएको छैन ।’ सो सहकारीले आफ्ना सेयर सदस्य र कार्यक्षेत्रभित्र रहेका किसानहरूले उत्पादन गरेको दूध संकलन गरी संस्थानलाई विक्री गर्छ । संस्थानकै पहलमा गठन भएको सो सहकारीले दैनिक साढे तीन सय लिटर दूध संकलन गरी बिक्री गर्ने गरेको छ ।

सहकारीमा जम्मा भएको दूध संस्थानको गाडी आएर लग्ने गरेको संस्थाका व्यवस्थापक सापकोटाले बताए । सहकारीले ४ रुपैयाँ ५५ पैसा प्रति एसएएफ र ७ रुपैयाँ प्रति फ्याटका दरमा खरिद गरी प्रति लिटर २ रुपैयाँ नाफा लिएर संस्थानलाई बिक्री गर्ने गरेको छ । संस्थानले भिलिङ भ्याट, क्यानलगायतका ८ लाख रुपैयाँ बराबरको सामान दिएर सहकारीले दूध संकलन सुरु गरेको थियो ।

गत आर्थिक वर्षमा गत वर्ष ९४ हजार लिटर संकलन गरी ४४ लाखको कारोबार गरेको व्यवस्थापक सापकोटाले बताए । ८२ जना सेयर सदस्य रहेको सहकारीले हाल १२५ जना किसानबाट दूध संकलन गरिरहेको जनाएको छ । गोदावरी–८ श्रीपुरको श्रीपुर दुग्ध सहकारी संस्थाले पनि किसानबाट दूध संकलन गर्दै आएको थियो । तर पछिल्लो समय सहकारीले दूध संकलन गर्न नसकेको अध्यक्ष नन्दलाल भट्टले बताए ।

उनले कोभिड १९ सुरु हुनुभन्दा पहिले राम्रैसँग दूध संकलन भइरहेको भए पनि कोभिडपछि सहकारीले दूध संकलन गर्न नसकेको बताए । उनले सहकारीले किसानबाट दूध खरिद गर्ने दर भन्दा क्यान लिएर दूध संकलन गर्दै हिड्ने ठेकदारले बढी दरमा दूध किनि दिन थालेपछि किसानहरूले सहकारीलाई दूध नदिएको बताए । श्रीपुर सहकारीले दूध उत्पादक किसानबाट दूध खरिद गरी संस्थानलाई बिक्री गर्ने गरेको थियो ।

उक्त सहकारीले पनि दूध प्रशोधन गरी विभिन्न वस्तु बनाएर बिक्री गर्नतर्फ नलागेको कारण पछिल्लो समयमा कारोबार बन्द गर्नुपरेको पूर्वअध्यक्ष भट्टले बताए । उनले पुनः दूध संकलनको लागि सहकारीले बारम्बार प्रयास गरिरहेको भए पनि सफल हुन नसकेको बताए । दूध संकलन मात्रै नगरी दूध प्रशोधन समेत गरी विभिन्न वस्तु तयार गरेर बिक्री गर्ने सहकारी जिल्लामा नरहेको जिल्ला सहकारी संघले जनाएको छ । संघले कैलालीमा दुग्ध सहकारीहरू १० वटा रहेको जनाएको छ ।

सुदूरपश्चिम प्रदेशको सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयमा दर्ता भएका १० वटा दुग्ध सहकारी छन् । तर, ती सहकारीले के गरिरहेका छन् भन्ने तथ्यांक सहकारी रजिष्ट्रार कार्यालयमा छैन । पछिल्लो समयमा सहकारीको प्रभावकारी अनुगमन र मूल्यांकन हुन नसकेको र सहकारीहरूले सहकारी निकायलाई रिपोर्टिङ गर्ने च्यानल ब्रेक भएको हुनाले नियमन समेत कमजोर भएको छ ।

नवजीवन सहकारीले धनगढी उपमहानगरपालिका १३ राजपुरमा डेरी खोल्ने तयारी गरिरहेको छ । नवजीवनका अध्यक्ष देवबहादुर बमले डेरीमा आफ्ना सेयर सदस्यहरूले उत्पादन गरेको दूध खरिद गरी प्रशोधन गरिने बताए । उनले डेरीमा आवश्यक मेसिनरी खरिदका लागि स्पेशीफिकेशन बनाउन उपसमिति गठन गरी अध्ययन गरिरहेको बताए । नवजीवनले डेरीमा सुपथ मूल्यमा दुग्धजन्य परिकारहरू बिक्री गर्ने गरेको उनको भनाइ छ ।

प्रदेशको पुर्व सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयका रजिष्ट्रार टीकाराम थापाले दुग्ध सहकारीहरूले साँच्चै दूध उत्पादन गर्दै छन् कि दुग्ध संकलन मात्रै गरिरहेका छन् वा बन्द अवस्थामा छन् भन्न नसकिने अवस्था रहेको बताए । उनले कतिपय सहकारीले दुग्ध उत्पादन र बजारीकरणको क्षेत्रमा सकारात्मक प्रगति गरेको सुन्नमा आए पनि यकिन जानकारी कार्यालयमा नरहेको बताए ।

आइतबार, साउन २०, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद

समाचार

सबै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १७ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.