• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
आइतबार, भदौ २८, २०८३
☰
आइतबार, भदौ २८, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १७ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • ९. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

उपभोगका लागि २८ अर्ब २० करोड ऋण

"उपभोग्य ऋण नियन्त्रण नभए मुद्रा स्फिति र महंँगीको समस्या बढ्छ : विज्ञ "
  •   सोमबार, साउन २१, २०८१ मा प्रकाशित

धनगढी– नेपाल जीवनस्तर सर्वेक्षण २०७९/०८० का अनुसार सुदूरपश्चिम प्रदेशको गरिबीदर सबैभन्दा बढी ३४.१६ प्रतिशत छ भने गरिबी विसमता (सहरी र ग्रामीण क्षेत्रबीच गरिबीदरको फरक) पनि सबैभन्दा बढी ८.४१ प्रतिशत छ । कर्णाली प्रदेशलाई समेत पछि पार्दै उच्च गरिबीदर रहेको सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाको लगानीसमेत अनुत्पादक क्षेत्रमा सबैभन्दा बढी छ ।

नेपाल राष्ट्र बैंकको आर्थिक गतिविधि सर्वेक्षण २०८०/०८१ को अर्धवार्षिक प्रतिवेदनका अनुसार बैंक तथा वित्तीय संस्थाले २८ अर्ब २० करोड ८६ लाख रुपैयाँ उपोग्य कर्जा प्रवाह गरेका छन् । गत आर्थिक वर्षको पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले सुदूरपश्चिममा प्रवाह गरेको कुल कर्जा रकम एक खर्ब ४० अर्ब ६६ करोड २५ लाखमध्ये एक खर्ब तीन करोड सात लाख (७१.११ प्रतिशत) सेवा क्षेत्रमा लगानी गरिएको छ ।

सेवा क्षेत्रमा लगानी गरिएको कर्जामध्ये २८.०२ प्रतिशत उपभोग्य क्षेत्रमा खर्च गरिएको प्रतिवेदनमा उल्लेख छ । कुल प्रवाहित कर्जामध्ये कृषि क्षेत्रमा १५ अर्ब ४० करोड २४ लाख (१०.९५ प्रतिशत) र औद्योगिक क्षेत्रमा २५ अर्ब २२ करोड ९४ लाख (१७.९४ प्रतिशत) लगाानी गरिएको छ । उद्योगधन्दा हातका औंलामा गन्न सकिने स्थितिमा रहेको सुदूरपश्चिम प्रदेशको अर्थतन्त्र व्यापार व्यवसायमा केन्द्रित छ ।

सेवा क्षेत्रमा प्रवाह गरिएको कुल कर्जामध्ये थोक तथा खुद्रा व्यापार कजा ४३.५३, उपभोग्य कर्जा २८.०२, अन्य व्यवसाय कर्जा ९.०६, पर्यटन क्षेत्र कर्जा ३.१४, यातायात, भण्डार र सञ्चार कर्जा ५.०६ वित्त, बीमा तथा अचल सम्पत्ति कर्जा १.९३, रियल स्टेट विजनेस कर्जा २.७७, अन्य सेवा कर्जा १.४८, स्वास्थ्य र अन्य सामाजिक कार्य कर्जा १.५७ र शिक्षा क्षेत्रको कर्जा ३.४४ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

आर्थिक वर्ष २०७९/०८० को यही अवधिमा सेवा क्षेत्रमा प्रवाह गरेको कर्जा एक खर्ब चार अर्ब ९९ लाख ९१ लाख रुपैयाँ (कुल प्रवाहित कर्जाको ६९.८९ प्रतिशत) थियो । यो वर्ष उपभोग्य कर्जा ३१ अर्ब १३ करोड २२ लाख रुपैयाँ (२९.६५ प्रतिशत) थियो । यसैगरी, आर्थिक वर्ष २०७८/०७९ मा कुल प्रवाह गरिएको कर्जाको ७१.४१ प्रतिशत कर्जा सेवा क्षेत्रमा रहेकोमा सेवा क्षेत्रकामा प्रवाहित कर्जाको २७.७१ प्रतिशत (२९ अर्ब १७ करोड ९२ लाख रुपैयाँ) उपभोग्य क्षेत्रमा लगानी गरिएको थियो ।

यो वर्ष कुल एक खर्ब ४७ अर्ब ४८ करोड ८५ लाख रुपैयाँ कर्जा प्रवाह गरिएको थियो भने सेवा क्षेत्रमा एक खर्ब पाँच अर्ब ३० करोड २२ लाख रुपैयाँ सेवा क्षेत्रमा प्रवाह गरिएको थियो । कृषि क्षेत्रमा १४ अर्ब ९० करोड ८१ लाख र औद्योगिक क्षेत्रमा २७ अर्ब २७ करोड ८२ लाख रुपैयाँ लगानी गरिएको थियो । राष्ट्र बैंकको आर्थिक गतविधि सर्वेक्षणले प्रत्येक वर्ष अर्बौ रुपैयाँ गैरउत्पादक क्षेत्रमा लगानी गर्दा बढ्दो गरिबीका बावजुद पनि सुदूरपश्चिम प्रदेशमा विलाशिता बढेको छ ।

नेपाल राष्ट्र बैंकको सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीका रिसर्च डिपार्टमेन्टका उपनिर्देशक झकेन्द्रबहादुर शाहीले उपभोग्य कर्जाअन्तर्गत निजी हायर पर्चेज (गाडी खरिद), होम लोन, जग्गा खरिद र खान लगाउनका लागि प्रवाह गरिएको ऋणलाई उपभोग्य कर्जामा वर्गीकरण गरिएको बताए । उनले देशभरमा प्रवाह भएको उपभोग्य कर्जामध्ये सुदूरपश्चिम प्रदेशमा ३.३७ प्रतिशत उपभोग्य कर्जा रहेको बताए ।

उनले देशमा ८३१ अर्ब उपभोग्य कर्जा रहेको बताए । उनले यस प्रकारको कर्जाले अर्थतन्त्र चलायमान बनाए पनि उत्पादनमूलक नहुने गरेको बताए । उनले कृषि क्षेत्र पनि व्यावसायिक नभएको र उद्योगधन्दा नखुलिरहेको हुनाले बैंक तथा वित्तीय संस्थाले उपभोग्य कर्जामा भए पनि लगानी गर्नपर्ने अवस्था रहेको बताए ।

‘उपभोग्य कर्जाले अर्थतन्त्र चलायमान भए पनि उत्पादन बढाउँदैन,’ उपनिर्देशक शाहीले भने, ‘कर्जा पाएपछि गाडी खरिद, घरजग्गा खरिद गर्दा पैसाको लेनेदेन हुन्छ । व्यापार व्यवसाय चल्न थाल्छन् तर यसले अर्थतन्त्रमा सकारात्मक परिवर्तन ल्याउँदैन । बैंकहरूले लगानी गर्न खोजिरहेका छन् तर व्यावसायिक कृषि छैन र उद्योग पनि खुलिरहेका छैनन् । यी क्षेत्रमा कर्जाको माग त्यति छैन ।’

सुदूरपश्चिम आर्थिक सरोकार मञ्चका संयोजक तथा प्रा.डा. राजेन्द्रवीर चन्दले उपभोग्य कर्जाको दर घटाउन नसकिए मुद्रा स्फिती र महंँगी बढ्ने समस्या आउन सक्ने बताए । उनले समयमै सरकारले लगानीमैत्री वातावरण सिर्जना गरी रोजगारी प्रवर्द्धन र उद्योगधन्दा खोल्न नसके सेवा क्षेत्रको कर्जा बढ्दै जाने र मुलुक आर्थिक समस्यामा पर्ने बताए ।

उनले व्यापार व्यवसायमा गरिएको लगानीले अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत गरे पनि सो क्षेत्रमा गरेको लगानी मुलुक बाहिर गई देश आर्थिक समस्यामा पर्ने बताए । उनले उनले औद्योगिक, कृषि, पर्यटनलगायत उत्पादनशील क्षेत्रमा लगानी बढाउने नीति सरकार र राष्ट्र बैंकले ल्याउनुपर्ने बताए । उनले नयाँ मौद्रिक नीतिले केही लचकता अपनाए पनि लगानीको लागि पर्याप्त नभएको टिप्पणी गरे ।

 

  • २० करोड ऋण
सोमबार, साउन २१, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद

समाचार

सबै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १७ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.