• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

धनगढी-दिपायल द्रुतमार्गको कालोपत्रेमा खाल्डाखुल्डी

  •   बुधबार, साउन २३, २०८१ मा प्रकाशित

धनगढी-धनगढी–दिपायल द्रुतमार्ग अन्तरगत कैलालीको धनगढीदेखि खुटियासम्मको सडक खण्डका कालोपत्रे गरेको केही दिनमै खाल्डाखुल्डी परेको छ ।

धनगढी जिरो प्वाइन्ट पिपल चौतारादेखि स्याउलेमा पर्ने पूर्वपश्चिम राजमार्ग भन्दा केही उत्तरसम्म १३.४ किलोमिटर सडक खण्ड डबल विटुमिन सरफेर ट्रिटमेन्ट (डिविएरटी) प्रविधिबाट गत बैशाखमा कालोपत्रे गरिएको थियो । यस प्रविधिबाट बनाएको सडक सरफेस ड्रेसिङ प्रविधिबाट कालोपत्रे गरिएको सडक जस्तै चिल्लो हुने भएपनि धनगढीदेखि स्याउले खण्डमा खाल्डाखुल्डी असंख्य छन् ।

डिबिएसटी प्रविधि पुरानो र कमजोर सडक संरचना बन्ने खालको प्रविधि भएको हुनाले पिपल चौतारादेखि तीन किलो मिटर सडकमा खाल्डाखुल्डी देखिन थालेको छ । सडक कम गुणस्तरको बनाइएकोले निर्माणसंगै बर्खाको पानीले भत्किने सम्भावना बढेको स्थानीयले बताएका छन् । धनगढी उपमहानगरपालिका वडा नं. ११ का वडाध्यक्ष रुपबहादुर कुँवरले खडकमा खाल्डाखुल्डी पर्न देखिएको हुनाले आयोजना कार्यालयले सडक पास गर्नु भन्दा पहिले ल्याब टेष्ट गर्न आवश्यक रहेको बताए ।

द्रुत मार्गको दुई वटा खण्ड मात्रै हालसम्म कालोपत्रे सम्पन्न भएको छ । धनगढी-स्याउलेमा १३.४ किलोमिटर र डोटीको दिपायल–मेल्लेख सडक खण्ड अन्तरगत एयरपोर्टदेखि तिखासम्मको १५ किलोमिटर गरी जम्मा २८.३ किलोमिटर सडक सम्पन्न गरेको आयोजना कार्यालयले जनाएको छ ।

धनगढी स्याउले खण्डमा कालो पत्रेका काम सकिएर लेन छुट्याउने र जेब्रा क्रसिङ बनाउने काम पनि सकिएको छ । आयोजना कार्यालयबाट अन्तिम अनुगमन काम मात्रै बाँकी रहेको धनगढी–खुटिया–बिपीनगर–दिपायल–चैनपुर–उरैभन्ज्याङ सडक आयोजना कार्यालयले जनाएको छ । आयोजना कार्यालयका सूचना अधिकारी दिनेश रैखोलाले सम्पूर्ण काम सम्पन्न गर्न अझै एक हप्ता लाग्ने बताए ।

यस सडक खण्ड निर्माणका लागि खड्का कृष्ण, नारायणम्, बंगलामुखी जेभीले १६ करोड ३८ लाख ८५ हजार रुपैयाँमा ठेक्का सम्झौता गरिएकोमा १५ करोड ७३ लाख २९ हजार रुपैयाँमा निर्माण सम्पन्न भएको छ । २०७८ असार ७ गतेबाट शुरु भएको ठेक्काको म्याद थप सहित गत जेठ म्याद सकिएको सूचना अधिकार रैखोलाले बताए । उनले कुल लागत मध्ये अन्तिम किस्ता निर्माण कम्पनीलाई भुक्तानी गर्न बाँकी रहेको बताए ।

सम्पूर्ण काम सकिएपछि निर्माण कम्पनीले आयोजना कार्यालयलाई निर्मित सडक खण्ड हस्तान्तरण गर्ने उनले बताए । उनले निर्माण कम्पनीले सम्झौता अनुसार हस्तान्तरण भएको मितिले एक वर्षसम्म मर्मत सम्भारको समेत काम गर्ने बताए । उनले सोही अन्तरगत सडकमा देखिएको खाल्डाखुल्डी समेत पुरेर बराबर बनाउन लगाइने बताए । ‘निर्माणको क्रममा बिटुमिन र गिट्टी छुटेर खाल्डो परेको हो कि गिट्टी र बिटुमिन हुँदा पनि खाल्डो देखिएको हो । हामीले अनुगमन गर्छौं ।’ सूचना अधिकारी रैखोलाले भने, ‘निर्माण कम्पनीले पनि बर्षा सकिएपछि मर्मत गर्ने प्रतिबद्धता जनाएको छ । हस्तान्तरणपछिको एक वर्षसम्मको मर्मत खर्च निर्माण कम्पनीले नै बेहोर्छ । अन्य प्रविधिबाट बनाइएको सडक जस्तै यस प्रविधिबाट बनाइएको सडक पनि खाल्डाखुल्डी रहित हुन्छ ।’

द्रुतमार्गमा कैलालीतर्फ थप ७ किलोमिटर खण्ड कालोपत्रेका लागि ठेक्का लागि संरचना निर्माणको काम भइरहेको छ । १३.४ किलोमिटर खण्ड सकिएको ठाउँदेखि हातखोलीसम्मको सात किलोमिटर सडक कालोपत्रेका लागि सडक संरचना निर्माणको काम ५० प्रतिशत सम्पन्न भएको ईञ्जिनियर रैखोलाले बताए । कालिका वेदान्सी जेभीसंग २०७९ असार १६ गते १४ करोड २० लाखमा २४ महिनामा काम सक्ने गरी सम्झौता भएको थियो । गत असार १५ मा सो कम्पनीलाई दिएको म्याद सकिएपछि म्याद थपका लागि प्रक्रिया अगाडि बढाइएको छ । ईञ्जिनियर रैखोलाले सबबेस, बेस र कालोपत्रेको काम बाँकी रहेकाले थप समय माग गरिएको बताए ।

यसैगरी, द्रुतमार्ग अन्तरगत मेल्लेख सडकमा ९ किलोमिटर थप कालोपत्रेका लागि ठेक्का लगाइएको छ । सो सडक खण्डमा निर्माणको काम ७० प्रतिशत सम्पन्न भएको छ भने तीन किलोमिटरमा कालोपत्रे समेत गरिएको छ । यस सडक खण्ड निर्माणका लागि कालिका मेदान्त जेभीसंग १४ करोड २२ लाख ७२ हजारमा २०८२ साउन ४ गतेभित्रै निर्माण गर्ने सम्झौता भएको ईञ्जिनियर रैखोलाले बताए । द्रुतमार्गमा पर्ने आठ वटा खोला तथा नदीमा पुल निर्माणको लागि समेत ठेक्का गरिएको छ । २०७९ मा लगाइएका यी पुलहरुको काम ३० प्रतिशतसम्म सम्पन्न भएको छन् भने यी पुल निर्माण सम्पन्न गरिसक्नुपर्ने म्याद अब एक वर्ष मात्रै बाँकी रहेको आयोजना कार्यालयले जनाएको छ ।

  • धनगढी-दिपायल द्रुतमार्ग
बुधबार, साउन २३, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.