• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १६ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • ९. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

सुदूरपश्चिममा माछाका भुराको माग बर्षेनि बढ्दै

  •   बुधबार, साउन ३०, २०८१ मा प्रकाशित

धनगढी–सुदूरपश्चिम प्रदेशमा माछापालनमा किसानको आकर्षण बढेपछि माछाका भुराको माग बढ्दो छ । यहाँका करिब दुई सय बढी प्राकृतिक तालतलैया र सयौँ कृत्रिम पोखरीमा व्यावसायिक माछापालन हुँदै आएको छ ।

प्रदेश सरकार मातहतका कैलालीको गेटास्थित मत्स्य विकास केन्द्रले मागअनुसार भुराको उत्पादन वृद्धि गर्न सकेको छैन । केन्द्रले माग धान्न नसकेपछि यहाँका माछापालक किसान महँगो मूल्य तिरेर निजी फार्मबाट भुरा खरिद गर्न बाध्य छन् ।

भुरा उत्पादन गरेर किसानलाई सहुलियत दरमा बिक्री गर्ने उद्देश्यले सरकारले ५० वर्षअघि गेटामा मत्स्य विकास केन्द्र स्थापना गरेको थियो । किसानको माग बढ्दै गए पनि केन्द्रले भुराको उत्पादन वृद्धि गर्न नयाँ पोखरी थप्ने र पुराना पोखरी मर्मत गर्न सकेको छैन ।

मत्स्य विकास केन्द्रबाट किसानले मागअनुसार भुरा पाउन नसकेको घोडाघोडी नगरपालिकाका माछापालक किसान एकिन्द्र शाहीले बताए । उत्पादन वृद्धि गर्न नसकिएपछि सुदूरपश्चिममा खपत हुने भुराको ५० प्रतिशत माग मात्र केन्द्रले धानिरहेको मत्स्य विकास केन्द्रका सूचना अधिकारी सरोजराज रेग्मीले बताए । पूर्वाधारका कारण भुराको उत्पादन बढाउन नसकिएको उहाँको भनाइ छ । केन्द्रले गत आव २०८०÷८१ मा चार करोड भुरा बिक्री गरेको थियो ।

“प्रशस्त प्राकृतिक तालतलैया रहेका कैलाली, कञ्चनपुरमा माछापालन व्यवसायमा किसानको आकर्षण बढ्दो छ, त्यसैले भुराको माग बढेको छ,”रेग्मीले भने, “तर पूर्वाधारका कारण मागअनुसार भुरा उत्पादन बढाउन सकेका छैनौँ ।” उनले नयाँ पोखरी निर्माण र भएका पोखरी मर्मत गर्न नसक्दा किसानको मागअनुसार भुरा उत्पादन गर्न नसकिएको जानकारी दिए ।

पुराना पोखरी मर्मत र निर्माणका लागि प्रदेश सरकारसँग हरेक वर्ष बजेट माग गरे पनि नपाएको रेग्मीको भनाइ छ । पोखरीको मर्मत र नयाँ पोखरी निर्माण गर्न सके मागको ७० देखि ७५ प्रतिशतसम्म भुरा उत्पादन गर्न सकिने केन्द्रले जनाएको छ । केन्द्रको २० बिघा जमिनमध्ये १२ बिघामा पोखरी छन् ।

केन्द्रले फागुनदेखि भदौसम्म माछाको प्रजनन गराएर सात जातका भुरा उत्पादन गर्दै आएको छ । केन्द्रमा ह्याचलिङ, फ्राई, फिङ्गरलिङ र एडभान्स फिङ्गरलिङ साइजका भुरा उत्पादन गरी बिक्रीवितरण हुने गरेको छ । केन्द्रमा उत्पादित भुरा सुदूरपश्चिमका नौ जिल्लालगायत कर्णाली प्रदेशको सुर्खेत र लुम्बिनीको बर्दिया, दाङसम्मका किसानले लैजाने गरेको केन्द्रले जनाएको छ ।

सरकारी तथ्याङ्कअनुसार सुदूरपश्चिममा वार्षिक १० हजार मेट्रिक टन माछा उत्पादन हुँदै आएको छ । सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर माछा उत्पादनको प्रमुख जिल्लाका रूपमा विकसित हुँदै गएको मत्स्य विकास केन्द्र गेटाले जनाएको छ । सुदूरपश्चिममा माछाको खपत बढ्दै गएको छ ।

एक व्यक्तिले वार्षिक सरदर साढे दुई किलो माछा उपभोग गर्दै आएको केन्द्रको तथ्याङ्कले देखाएको छ । माछापालक कृषकले समयमा माछाको भुरा, दाना, औषधिलगायत नपाउने समस्या रहेको बताएका छन् । माछा व्यवसायतर्फ किसानको आकर्षण बढ्दै गए पनि बजारीकरणमा समस्या झेल्नुपरेको छ ।

कैलाली र कञ्चनपुरमा मात्रै वार्षिक चार हजार आठ सय मेट्रिक टन माछा खपत हुने गरेको छ । केन्द्रका अनुसार प्रदेशभरि वार्षिक करिब १० हजार मेट्रिक टन खपत हुने गरेको सरकारी तथ्याङ्क छ । मत्स्य विकास केन्द्रका अनुसार कैलाली र कञ्चनपुरमा एक हजार सात सय ५० हेक्टर जमिनमा रहेका पोखरीमा माछापालन गरिँदै आएको छ । तीमध्ये एक हजार तीन सय हेक्टर प्राकृतिक र दुई सय ५० हेक्टर कृत्रिम ताल छन् ।
कृत्रिम तालमा प्रतिहेक्टर वार्षिक तीन मेट्रिक टन र प्राकृतिक तालमा प्रतिहेक्टर एक मेट्रिक टन माछा उत्पादन हुने गरेको छ । सुदूरपश्चिममा ग्रासकार्प, सिल्भरकार्प, विगेटकार्प, रौ, नैनी र भाकुर जातका माछापालन हुने गरेको छ ।

एक दशकअघिसम्म यी दुई जिल्लामा करिब ९० प्रतिशत भारतबाट आयात हुने माछा खपत हुने गरेकामा हाल आन्तरिक उत्पादन वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष २०७९÷८० मा तीन करोड २० लाख ह्याचरी उत्पादन गरिएकामा गत आव २०८०÷८१ मा चार करोडको हाराहारीमा ह्याचरी उत्पादन गरेको केन्द्रले जनाएको छ ।

  • सुदूरपश्चिममा माछाका
बुधबार, साउन ३०, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद

समाचार

सबै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १६ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.