धनगढी- कैलालीमा एकजना पुरुष मृत अवस्थामा फेला परेका छन् ।
जिल्लाको घोडाघोडी नगरपालिका–३ जुरपानी स्थित एभर ग्रिन सहकारी संस्थाको कार्यालय अगाडि भित्री सडकमा घोडाघोडी नगरपालिका–२ बस्ने ५५ वर्षीय बीरबल बटाला बिहीबार मृत अवस्थामा फेला परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
सो सम्बन्धमा इलाका प्रहरी कार्यालय सुखडबाट आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ।













