धनगढी- धनगढीमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन्। आज ९शुक्रबार० दिउसो विशेष सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको हो। प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका वडा नं १५ उर्माबाट ५५ वर्षीय ज्ञानी राना घरमा लुकाईछिपाई राखेको एक थान भरुवा बन्दुकसहित समातिएका हुन्।
यस्तै उनको घरबाट बन्दुकमा प्रयोग हुने गन्दक ८०० ग्राम, बारुद १०० ग्राम, छर्रा १२ पिस र बदेलजस्तो देखिने जंगली जनावरको मासु ३ किलो ५०० ग्राम पनि बरामद गरिएको छ।
अपहले रानालाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि प्रहरी हिरासत कक्षमा राखिएको छ। उनीमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।














