• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १६ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • ९. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

हुलाकी सडकको स्तरोन्नतीको थप म्याद सकिन लाग्दा पनि प्रगति अधुरो

  •   मङ्गलबार, भदौ ०४, २०८१ मा प्रकाशित

धनगढी । कैलाली जिल्लामा हुलाकी राजमार्ग स्तरोन्नती गर्न १० वटा ठेक्का लगाइएकोमा ५ वटा ठेक्काको काम मात्रै सम्पन्न भएको छ ।
काम बाँकी रहेको ५ वटा ठेक्कामा म्याद पथ गरिएको समय सकिन लाग्दा पनि निर्माण कार्य अधुरो छ । हुलाकी सडक आयोजना कार्यालय धनगढीले २०७७ असार १४ गतेदेखि ३० महिनामा सम्पन्न गर्ने सर्तमा महेन्द्रनगर कञ्चनपुरको स्वछन्द जोशी जेभीलाई २८ करोड ३९ लाख ७३ हजार २८० रुपैयाँमा फुलवारीदेखि कटैनी खोलासम्मको १२ किलोमिटर सडक ठेक्का दिएको छ । सो सडक निर्माणका लागि आउँदो २०८१ मंसिर २१ गतेसम्मका लागि म्याद थप गरिएको छ । तर भौतिक प्रगति ४१.५० प्रतिशत मात्रै भएको आयोजना कार्यालयका ईञ्जिनियर भक्तबहादुर कठायतले बताए । उनका अनुसार निर्माण कम्पनीले गतआर्थिक वर्ष २०८०।८१ को मसान्तसम्म आठ करोड ९८ लाख ४२ हजार ६६० रुपैयाँ भुक्तानी लिइसकेको छ ।
कर्णालीपुल–सत्तिबजार–कान्द्रा (ठेकीपुर) सम्मको १३ किलोमिटर खण्ड निर्माणका लागि सोही मितिमा ३० महिनामा सम्पन्न गर्न आयोजना कार्यालयले कालिका जोशी जेभीलाई २९ करोड ३० लाख ४१ हजार २७० रुपैयाँमा ठेक्का दिएको थियो । तर यस खण्डको प्रगति ३५ प्रतिशत मात्रै भएको छ । निर्माणका लागि आउँदो फागुन १५ गतेसम्मको म्याद थप गरिएको आयोजना कार्यालयले जनाएको छ । कालिका जोशी जोशी जेभीले छ करोड २६ लाख ७४ हजार ८८० रुपैयाँ आयोजना कार्यालयबाट भुक्तानी लिइसकेको छ ।
धनगढी (मोहनापुल)–फुलवारी–हसुरिया–भजनी–सत्ति–कर्णाली सडकमा लगाइएको ७ वटा ठेक्का मध्ये ४ वटा ठेक्काको काम सम्पन्न भएको आयोजना कार्यालयले जनाएको छ । ७ मध्ये ठेक्का मध्य ६ वटा ठेक्का सडक निर्माण थियो भने एउटा ठेक्का नदी नियन्त्रणको थियो । कुल ६९ किलोमिटर सडकको ठेक्का एक अर्ब ९८ करोड ६९ लाख ८४ हजार ८२ रुपैयाँमा ठेक्का लगाइएकोमा ४३ किलोमिटरमा कालो पत्रे गरिएको छ भने ७७.६७ प्रतिशत भौतिक प्रगति भएको छ । निर्माण कम्पनीहरुले एक अर्ब ४७ करोड ६३ लाख ७४ हजार ९८८ रुपैयाँ (७३.७६ प्रतिशत) भुक्तानी लिएका छन् । २६ किलोमिटर सडक कालोपत्रे गर्न अझै बाँकी छ ।
हुलाकी सडक अन्तरगत कान्द्रा खोला लालबोझी र कुलियापुर भजनीमा नदी नियन्त्रण गर्न २०८० बैशाख १४ गतेदेखि लगाइएको ठेक्काको काम ७८.५० प्रतिशत सम्पन्न भएको छ । आउँदा कात्तिक १३ गतेसम्म म्याद गरेको ठेक्कामा लहरे पौवा रसुवाको अकेला एटल्यान्टिक एलआईके जेभी काम गरिरहेको छ । १३ करोड ७९ लाख ७४ हजार ३३० रुपैयाँमा ठेक्का लगाइएकोमा निर्माण कम्पनीले सात करोड ६७ लाख ११ हजार ६० रुपैयाँ भुक्तानी लिएको छ ।
यसैगरी, हुलाकी सडक अन्तरगत लम्की–टीकापुर–खक्रौला सडक स्तरोन्नतीका लागि ३ वटा ठेक्का लगाइएकोमा एउटा मात्रै ठेक्का सम्पन्न भएको छ । हुलाकी सडक आयोजना कार्यालयले कुल २९.७१ किलोमिटर सडक निर्माण गर्न एक अर्ब १४ करोड ३९ लाख ६७ हजार ९३० रुपैयाँमा लगाएको ठेक्कामा १५.८० किलोमिटर सडक कालोपत्रे भएको छ भने भौतिक प्रगति ६९.३३ प्रतिशत भएको छ । निर्माण कम्पनीहरुले ८२ करोड ३० लाख ५१ हजार ११३ रुपैयाँ (७१.९५ प्रतिशत) भुक्तानी लिएका छन् । १३.९१ किलोमिटर सडक कालोपत्रे गर्न बाँकी छ ।
यस सडक अन्तरगत लम्की चौराहादेखि ८ किलोमिटरसम्म निर्माण गर्ने ठेक्का लिएको चण्डोल काठमाडौंको कालिका कुमार जेभीले निर्माण कार्य सम्पन्न गरेको छ । २०७७ जेठ २६ गते शुरु भएको ठेक्का २०८० असार ५ गते सम्पन्न भएको थियो । यस खण्ड निर्माण गरेवाफत् निर्माण कम्पनीले ३९ करोड २८ लाख ५८ हजार ९४३ रुपैयाँ भुक्तानी लिएको छ ।
सो ठेक्का भन्दा दुई दिन अघि शुरु भएको ८ किलोमिटरदेखि १८ किलोकिटरसम्मको अर्को खण्डको काम ६९.५० प्रतिशत मात्रै सकिएको छ । ४४ करोड ४७ लाख दुई हजार ७२० रुपैयाँमा ठेक्का कवोल गरेको एपेक्स खड्का कृष्ण जेभीले २३ करोड एक लाख ७२ हजार ५० रुपैयाँ भुक्तानी लिएको छ । ३०.५० प्रतिशत काम बाँकी रहेको ठेक्काको म्याद २०८१ असोज ११ गतेसम्मका लागि थप गरिएको छ ।
१८ किलोमिटरदेखि २९.७१२ किलोमिटरसम्मको तेस्रो ठेक्काको काम काठमाडौंको रायमाझी गल्वा जगदम्बा जेभीले गरिरहेको छ । २०७७ असार १४ गतेदेखि लगाइएको यो ठेक्काको काम ४० प्रतिशत सम्पन्न भएको छ भने ६० प्रतिशत काम बाँकी छ । ३३ करोड २० लाख ६६ हजार ६३० रुपैयाँमा लगाइएको ठेक्काबाट निर्माण कम्पनीले ११ करोड छ लाख सात हजार ५२० रुपैयाँ भुक्तानी लिएको छ । यो ठेक्काको म्याद आउँदो पुस २७ गतेसम्मका लागि थपिएको छ ।
हुलाकी सडक अन्तरगत धनगढी–बेली खण्डमा क्याम्पस रोडदेखि कालिका मन्दिरसम्म तीन किलोमिटर, लम्की–टीकापुर–खक्रौला सडकमा लम्की चोकदेखि दुई किलोमिटर र टीकापुरमा तीन किलोमिटर सडकलाई चार लेनको बनाउने काम सम्पन्न भइसकेको छ ।
धनगढी–भजनी–सत्ति सडकमा चार वटा खण्ड ठेक्का लिएको स्वछन्द जोशी जेभीले दुई वटा ठेक्का सम्पन्न गरेको छ । धनगढी क्याम्पसरोडदेखि ७ किलोमिटरको पहिलो ठेक्का २०८० पुस ९ गते सम्पन्न भएको छ भने बेलीदेखि फुलवारीसम्मको १२ किलोमिटरको दोस्रो ठेक्का २०८१ जेठ ३० मा सम्पन्न भएको छ । पहिलो ठेक्का ३८ करोड ६ लाख ६१ हजार १८० रुपैयाँमा सम्झौता भएपनि स्वछन्दले २ करोड ३० लाख ९७ हजार २५० रुपैयाँ भुक्तानी पाउन बाँकी छ । दोस्रो ठेक्का ३२ करोड ८६ लाख ८३ हजार ५९० मा सम्झौता भएकोमा ७ करोड ३२ लाख ४४ हजार ८ सय रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।
आयोजना कार्यालयका ईञ्जिनियर कठायतका अनुसार बजेट अभाव, निर्माण कम्पनीको ढिलाई र सडक क्षेत्राधिकार विवाद लगायतका कारणले गर्दा समयमै ठेक्का सम्पन्न हुन सकेको छ । पछिल्लो समयमा बजेट अभाव देखिएपछि निर्माण कम्पनीले कामलाई सुस्त बनाएका छन् । चार वटा ठेक्का कबोल गरेको स्वछन्द जेभीले चार वटै ठेक्कामा एकसाथ काम गर्न नसकेपछि सो कम्पनीको ठेक्का अधुरो रहेको कठायतले बताए । उनले सरकारले अर्को निर्णय नगरेमा ठेक्काको म्याद यही नै अन्तिम रहेको बताए ।

मङ्गलबार, भदौ ०४, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद

समाचार

सबै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १६ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.