• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १६ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • ९. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

हुलाकी सडकको पुल निर्माण पनि सुस्त

  •   बुधबार, भदौ ०५, २०८१ मा प्रकाशित

धनगढी– सत्ती–भजनी–धनगढी–डोकेबजार–बेलौरी–दैजी हुलाकी सडकअन्तर्गत सातवटा पुल निर्माण गर्न ठेक्का लगाइएकोमा दुईवटा पुलको मात्रै ठेक्का सम्पन्न भएको छ । हुलाकी सडक आयोजना कार्यालय धनगढीका अनुसार कैलालीमा तीनवटा र कञ्चनपुरमा चारवटा ठेक्का लगाइएकोमा कैलालीको कान्द्रा र कञ्चनपुरको सिमरीमा लगाइएको ठेक्कामात्रै सम्पन्न भएको छ ।

बाँकी पाँचवटा ठेक्काको काम अझै अलपत्र परेको छ । कुल ५४ करोड ७७ लाख रुपैयाँमा लगाइएको ठेक्कमा १९ करोड ९८ लाख रुपैयाँ निर्माण कम्पनीलाई भुक्तानी गरिसकिएको छ । तर पुल ठेक्काको भौतिक प्रगति ६९.५४ प्रतिशतमात्रै छ । कैलालीमा १२ करोड १३ लाख रुपैयाँमा तीन ठेक्का लगाइएकोमा आठ करोड ३२ लाख रुपैयाँ भुक्तानी भएको छ भने ठेक्काको प्रगति ६८.६१ प्रतिशत छ । कञ्चनपुरमा ४२ करोड ६३ लाख रुपैयाँमा चार ठेक्का सम्झौता भएकोमा ११ करोड ६५ लाख रुपैयाँ भुक्तानी भएको छ । तर भौतिक प्रगति २७.३४ प्रतिशतमात्रै भएको छ । हुलाकी सडकमा पुल बनाउन लगाइएको सात ठेक्कामध्ये दुई ठेक्काको काम सम्पन्न भएको भनिए पनि ती पुलको काम पूर्ण रूपमा सम्पन्न भएको छैन । भजनीमा पर्ने कान्द्रा खोलामा पुल निर्माण गर्न २०६८ जेठ ३१ गते लगाइएको ठेक्काको काम लामा शाल्पा शेर्पा विरुवा जेभीले गत असार मसान्तसम्म ९५.७५ प्रतिशतमात्रै सम्पन्न गरेको आयोजना कार्यालयले जनाएको छ ।

३९ करोड आठ लाख रुपैयाँमा लगाइएको ठेक्काबाट जेभीले ३८ करोड ९२ लाख ९७ हजार रुपैयाँ भुक्तानी लिएको छ तर पुल निर्माण थालेको १३ वर्षपछि पुल सञ्चालन भए पनि पुल निर्माणको सम्पूर्ण काम पूरा भएको छैन । यो ठेक्काको सम्पूर्ण म्याद गत असार १२ गते सकिएको छ । यसैगरी, कञ्चनपुरको सिमरी खेलामा २०८९ फागुन १९ गते पुल निर्माण गर्न मित्र बिल्डर्स महेन्द्रनगरलाई ठेक्का दिइएकोमा ९८.७५ प्रतिशत काम सम्पन्न भएको छ । यो पुल निर्माण काम लगभग सकिएको भए पनि पुल सुरक्षाको काम बाँकी रहेको आयोजना कार्यालयले जनाएको छ । यो ठेक्काको म्याद २०७९ फागुन ५ गते नै सकिएको छ ।

धनगढीको ओमशान्ति टोलमा वडा नं. १ र २ जोड्ने खोलामा २०७८ फागुन १९ गतेदेखि पुल बनाउन ठेक्का लगाइएकोमा मालिका निर्माण सेवाले ६२ प्रतिशतमात्रै काम सम्पन्न गरेको छ । यो ठेक्काको म्याद गत जेठ ३० गते सकिएको छ । सोही मितिमा धनगढी–८ मा पर्ने राधास्वामी खोलामा पुल निर्माण गर्न ठेक्का लगाइएकोमा ६० प्रतिशत भौतिक प्रगति भएको छ । यो ठेक्काको म्याद आगामी मंसिर ३ गतेसम्म छ । कञ्चनपुरको डोडा नदीमा पुल बनाउन २०७९ असार ५ गते ठेक्का लगाइएकोमा शान्ति निर्माण सेवाले १६ प्रतिशतमात्रै काम गरेको छ ।

टिसिएन खोलामा आरसिसी बक्स कल्भर्ट निर्माणका लागि २०८० वैशाख १७ गते ठेक्का लगाइएकोमा ८८.५० प्रतिशतमात्रै काम भएको छ । यो ठेक्काको म्याद गत असारमा सकिएको छ । कञ्चनपुरकै अम्खोइया खोलामा सिन आरसिसी बक्स कल्भर्ट निर्माणका लागि २०८० साउन १ गते निरज भौनेली श्रीयाज जेभीलाई ठेक्का दिइकोमा ६५ प्रतिशतमात्रै काम भएको छ । यो ठेक्काको म्याद आगामी असोज ३० गतेसम्म मात्रै छ । आयोजना कार्यालय धनगढका इन्जिनियर भक्तबहादुर कठायतले निर्माण कम्पनीले समयमा काम नगर्दा पुल र सडक निर्माणको कार्य प्रभावित भएको बताए । पछिल्लो दुई वर्षयता आयोजनामा बजेट अभावको समस्या आएको हुँदा पनि निर्माण कम्पनीले निर्माण कार्य सुस्त बनाएको उनले बताए । उनले सडक क्षेत्राधिकार विवादको कारणले गनि निर्माण कार्यमा ढिलाइ भएको बताए ।

बुधबार, भदौ ०५, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद

समाचार

सबै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १६ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.