कैलाली । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत गौरीगंगा नगरपालिका वडाहरुमा ७७ जनाले रोजगारी पाएका छन । आर्थिक बर्ष २०८०।०८१ मा नगपालिकामा शुरु गरिएका विकास निर्माणको काममा उनीहरुले रोजगारी पाएका हुन ।
वडा नं १ को खानेपानि पाइपलाइन विस्तार र सल्याब कल्भर्ड निर्माणमा १३ जनाले काम पाएको गौरीगंगा नगरपालिकाका प्राबिधिक सहायक चेतमान वोहराले निशाना न्युजलाई जानकारी दिए ।
वडा नं २ र ३ मा काम नहुनाले स्थगित थियो भने वडा न ं ४ मा ८ जना , ५ मा ११ जनाले रोजगारी पाएको थियो । ६, ७ र ८मा २४ जनाले रोजगारी पाएको उनले वताए । त्यस्तै ९ मा ८ ,१० मा १० र ११ मा ९ ले काम गरेको उनले वताए ।
कुनै स्थानहरुमा अन्य वडा जस्तै एक नासको काम हुन्छ भने कुनै मा हुदैन । छनौट भएका ७७ जनाले १०० दिन काम गर्नु पर्ने हुन्छ उनले भने कम अनुसारको दैनिक ज्याला ६६८ रहेको छ ।
काम गरे वाफत उनिहरुका लागी विश्व बैंंक अन्र्तगतको वैदेशिक श्रmण सहयोग २२ लाख ८९ हजार र नेपाल सरकारको २९ लाख २२ हजार रुपैया वजेट विनियोजन भएर आएको उनले वताए ।
ढलनिकास,कच्ची नालि सहितका सडक निर्माण लगाएतका क्षेत्रमा रोजगारी पाउने गरिएको उनको भनाई छ । रोजगारी गर्नेमा महिला धेरै हुने गरेको छ भने पुरुषको सहभागिता न्युन मात्रमा हुने गरेको उनले वताए ।













