• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १६ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • ९. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

सुदूरपश्चिमको बजेट परिमार्जन गरी प्रदेश सभामा पेश गरिने

  •   बिहिबार, भदौ ०६, २०८१ मा प्रकाशित

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभाबाट पारित हुन नसकेको बजेट फिर्ता लिई परिमार्जन गरेर पुनः प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ ।

तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारीको सरकारले असार १ गते प्रदेश सभामा प्रस्तुत गरेको बजेट फिर्ता लिने र परिमार्जन गरेर प्रदेश सभामा प्रस्तुत गर्ने तयारी गरेको छ । प्रदेश सरकारले यही भदौ १५ गतेभित्रै बजेट परिमार्जन गरी प्रदेश सभामा प्रस्तुत गर्ने जनाएको छ । यद्दपि, बजेट प्रस्तुत गर्ने मिति तय भएको छैन ।

नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहको नेतृत्वमा सरकार बनेदेखि बजेट कुन विधिबाट ल्याउने भन्ने छलफलमा जुटेको थियो । सभामा प्रस्तुत बजेट पास र फेल दुबै नभएको अवस्थामा सो बजेट फिर्ता लिई अर्को बजेट प्रस्तुत गर्ने बाटो प्रदेश सरकारले रोजेको छ ।

मुख्यमन्त्री शाहले बजेट निर्माणको आधार तय गरी यसअघि नै बजेट पुनर्लेखन गर्न मन्त्रालय र मातहतका निकायहरुलाई निर्देशन दिएका छन् । चालुतर्फको बजेट, दायित्व सिर्जना भई सकेका बहुवर्षीय योजना र प्रदेश गौरवका आयोजना बाहेकका बजेट हेरफेर गरेर नयाँ बजेट ल्याउने तयारी भइरहेको प्रदेश सरकारका आर्थिक मामिला राज्यमन्त्री प्रकाशबहादुर बमले बताए ।

उनले काट्न नमिल्ने बाहेकका योजना तथा कार्यक्रमको परिवर्तन गरी बजेट पुनर्लेखन गर्न मुख्यमन्त्रीले निर्देशन दिएको बताए । उनले व्यक्ति, समूह, संस्था, निजी फर्म, कम्पनी र सहकारीलाई सोझै बजेट दिने गरी राखिएका कार्यक्रम हटाइने बताए । उनले छुट्न गएको कतिपय आवश्यक कार्यक्रमहरुलाई वार्षिक विकास कार्यक्रममा समावेश गरिने पनि बताए ।

राज्यमन्त्री बमका अनुसार नेपाल सरकारले सुदूरपश्चिम प्रदेश सरकार दिने भनिएको अनुदान कटौति भएको छ । उनले २ अर्ब ३५ करोड रुपैयाँ अनुदान कटौति भएको बताए । यसैगरी, प्रदेश सरकारले गतवर्षको बजेटबाट बचत हुने अनुमान गरेको भन्दा कम बजेट बचत भएको छ । बचत कम भएको र नेपाल सरकारबाट कटौति भएको अनुदान रकम घटाएर बजेट सिलिङ्ग निर्धारण गरिएको बमले बताए ।

उनका अनुसार प्रदेश सभामा प्रस्तुत भएको ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार रुपैयाँको बजेट भन्दा कमको बजेट ल्याउने तयारी भइरहेको छ । मुख्यमन्त्री शाहले बजेट पुनर्लेखन गर्न निर्देशन दिएसंगै बजेट माग गर्न सांसद्, स्थानीय तहका जनप्रतिनिधि, नेता, कर्मचारी र सर्वसाधारणको भीड प्रदेशका मन्त्रालयहरुमा लाग्न थालेको छ । दिनहुँ बजेट माग्नेको भीड बढ्दो छ ।

प्रदेश सभामा बजेट प्रस्तुत भएपनि पारित हुन नसकेकोले प्रदेश सरकार असार १ गतेदेखि बजेट शुन्यतामा छ । प्रदेश आर्थिक ऐनको आधारमा संकलन गरिने कर तथा गैरकर संकलनका लागि साउन २४ गते सामयिक राजश्व संकलन अध्यादेश ल्याएपछि राजश्व संकलन भइरहेको छ । तर विनियोजन ऐनको अभावमा प्रदेश सरकारले कुनै पनि खर्च गर्न पाएको छैन भने इन्धन तथा दैनिक प्रशासनिक कार्यहरु उधारोमा चलाइरहेको छ ।

  • #सुदूरपश्चम प्रदेश सरकार
  • बजेट
बिहिबार, भदौ ०६, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद

समाचार

सबै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १६ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.