• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १६ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • ९. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

चार करोडको माछाका भुरा बिक्री

  •   शुक्रबार, भदौ ०७, २०८१ मा प्रकाशित

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारको मत्स्य विकास केन्द्रले गत आर्थिक वर्षमा ४ करोड २४ लाख रुपैयाँबराबरको माछाको भुरा बिक्री गरेको छ । माछाको भुरा बिक्रीबाट उक्त वर्ष ४९ लाख सात हजार रुपैयाँ आम्दानी भएको गोदावरी–५, गेटास्थित केन्द्रले जनाएको छ । प्रदेशमा माछा पालनप्रति किसान आकर्षित भएसँगै माछाको भुराको माग पनि बढ्दै गएको केन्द्रले जनाएको छ ।

आर्थिक वर्ष २०७९–८० मा ५० लाख ६६ हजार रुपैयाँमा तीन करोड ६८ लाखका भुरा बिक्री भएको थियो । माछा पालन प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरेको केन्द्रले प्रतिगोट २५ पैसादेखि ७५ पैसासम्म किसानलाई उपलब्ध गराउँदै आएको केन्द्रका सूचना अधिकारी सरोजराज रेग्मीले बताए । उनले वार्षिक करोडौंको संख्यामा भुरा उत्पादन भइरहेको भए पनि किसानको मागलाई पुर्‍याउन नसकिएको बताए ।

पछिल्लो समयमा सुदूरपश्चिम प्रदेशमा माछा पालनप्रति किसान आकर्षित हुँदै गएका छन् भने भारतबाट माछा आयात पनि प्रतिस्थापन भएको छ । प्रदेशमा माछा पालनमा दुई सयभन्दा बढी प्राकृतिक ताल र सयौँ कृत्रिम पोखरीमा व्यावसायिक माछापालन हुँदै आएको छ । माछा पालन वृद्धि भएसँगै भुराको माग बढे पनि किसानको माग धान्ने गरी उत्पादन वृद्धि गर्न नसकिएको रेग्मीले बताए ।

उनले केन्द्रमा रहेको पुरानो संरचना र जनशक्ति अभावको कारण माछाको भुरा उत्पादन बढाउन नसकिएको बताए । उनले माछाको भुरा उत्पादन गर्न थप ह्याचरी, जनशक्ति र केमिकलको व्यवस्था गर्न आवश्यक रहेको बताए । माछाको भुरा उत्पादन गरेर किसानलाई सहुलियत दरमा बिक्री गर्ने उद्देश्यले नेपाल सरकारले ५० वर्षअघि गेटामा मत्स्य विकास केन्द्र स्थापना गरेको थियो ।

सोही बेलाको संरचना र दरबन्दी अनुसार नै अहिले पनि केन्द्रले कार्य सञ्चालन गरिरहेको छ । केन्द्रका अनुसार सुदूरपश्चिम प्रदेशमा माग रहेको भुराको ५० प्रतिशत माग मात्र केन्द्रले धानिरहेको छ भने बाँकी स्थानीय निजी ह्याचरी र केही भुरा भारतबाट आउने गरेका छन् । संघीय राज्य व्यवस्थासँगै प्रदेश सरकार मातहतमा आएको केन्द्रको प्रशासनिक भवन प्रदेश सरकारले निर्माण गरेको छ । एउटा ह्यारी पनि बनाउन थालिएको छ ।

तर निर्माणाधीन ह्यारीको काम सम्पन्न भएपछि उत्पादन केही वृद्धि हुने अपेक्षा गरिएको रेग्मीले बताए । यद्यपि उनले यो मात्रै पर्याप्त नहुने बताए । केन्द्रले सञ्चालन गरेका पोखरीको मर्मत सम्भार समेत गर्न आवश्यक भइसकेको उनको भनाइ छ । पुराना पोखरी मर्मत र निर्माणका लागि प्रदेश सरकारसँग हरेक वर्ष बजेट माग गरे पनि बजेटमा समावेश हुन नसकेको रेग्मीले बताए ।

उनले पोखरीको पुराना मर्मत, नयाँ पोखरी निर्माण र नयाँ ह्याचरी थप गर्न सकिएमा मागको ७० देखि ७५ प्रतिशत भुरा केन्द्रले उपलब्ध गराउन सक्ने बताए । मत्स्य विकास केन्द्रको कुल २० बिघा जमिनमध्ये १२ बिघामा मात्रै पोखरी बनाइएको छ । ती पोखरीमा पालिएका माउ माछाबाट केन्द्रले फागुनदेखि भदौसम्म प्रजनन गराएर सात जातका भुरा उत्पादन गर्दै आएको छ ।

केन्द्रले ग्रास, सिल्भर, कमन, बिगहेड, रहु, नैनी र भाकुर जातका ह्याचलिङ, फ्राई, फिगंरलिङ, एडभान्स फिगरलिङ र इयरलिंग साइजका भुरा सहुलियत दरमा किसानलाई बिक्री गर्दै आएको छ । केन्द्रबाट सुदूरपश्चिमका नौ वटै जिल्ला एवं बर्दिया, सुर्खेत, दाङसम्मका किसानले भुरा खरिद गर्ने गरेका छन् । भुरासँगै विभिन्न जातका माछा समेत उत्पादन गरी केन्द्रले बिक्री गर्दै आएको छ ।

गत आर्थिक वर्ष २०८०–८१ मा सिल्भर र विगहेड जातका माछा २२४ किलो, कमन, ग्रास, रहु, नैनी र भाकुर जातका ७५२ किलो माछा बिक्री गरेको केन्द्रले जनाएको छ । माछा, भुरालगायतका उत्पादन बिक्री गरेर उक्त वर्ष ५३ लाख ६२ करोड रुपैयाँ आम्दानी गरेको सूचना अधिकारी रेग्मीले बताए । उनले अघिल्लो वर्ष ५२ लाख रुपैयाँ आम्दानी भएको पनि जानकारी दिए ।

  • माछाका भुरा
शुक्रबार, भदौ ०७, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद

समाचार

सबै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १६ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.