बझाङ । प्रहरीले बझाङवाट चरेश सहित जिप मालिक र चालक लाई पक्राउ गरेको छ । आज बझाङ,बित्थडचिर ३ दुधढल्ला स्थित जयपृथ्बी राजमार्गमा बागथलाबाट धनगढी तर्फ जादै गरेको बुंगल २ दहबगर पौटा बस्ने बर्ष २९ को दिपक धामीले चलाएको सु.प.प्र. ०१-००१ च ३९३३ नम्बरको जीपलाई प्रहरी चौकी स्याडी, बझाङबाट खटिएको प्रहरी टोलीले ईन्ट्री पोष्टमा चेकजाँच गर्दा ४ किलो ८४५ ग्राम लागू औषध
चरेश फेला पारी प्रहरीले नियन्त्रणमा लिएको हो ।
आवश्यक प्रक्रिया पुरा गरी उक्त पदार्थ,जीप, चालक र बर्ष ४५ को आईते धामी सवारी धनी समेत नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।













