• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १५ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • ९. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

बजेट ल्याउन ढिलो गर्दा योजना प्रभावित

"प्रदेश सांसदलाई चोर बाटोबाट चार करोडको योजना बाँडिदै "
  •   शुक्रबार, भदौ २१, २०८१ मा प्रकाशित

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा ल्याउन ढिलो गर्दा कृषि क्षेत्रका कार्यक्रम र पुर्वाधार विकासका योजना प्रभावित भएका छन् ।

बजेट शुन्यतामा रहेको प्रदेश सरकारले बजेट सयममा ल्याउन नसक्दा तरकारी, दल हन, तेलहन र गहुँ बालीका लागि तय गरेका कार्यक्रम ढिलो हुनुका साथै बहुवर्षीय र क्रममागत योजना निर्माण अलपत्र भएको छ । त्यसैगरी, समयमा बजेट नआउँदा प्रदेश मातहतका अस्पताल र स्वास्थ्य संस्थाहरुमा औषधी अभाव हुन थालेको छ । चाडपर्वको बेला कर्मचारी, सांसद् र सरकारका मन्त्री, मुख्यमन्त्रीहरुले तलव पाउन सकेका छैनन् ।

तर संसद्मा प्रस्तुत बजेट फिर्ता लिई योजनाहरु परिवर्तन गरेर बजेट ल्याउने निर्णय गरेको प्रदेश सरकारले संसद्मा परिमाजित बजेट प्रस्तुत गर्ने मिति समेत तय गर्न सकेको छैन । प्रदेशको बजेट विनियोजनको चारवटा आधार बनाएर बजेट पुनर्लेखन गरिरहेको प्रदेश सरकारले बजेट पुनर्निर्माणको काम समयमा गर्न नसक्दा बजेट ल्याउने मिति तय गर्न नसकेको हो । प्रदेश सरकारका आर्थिक मामिला राज्यमन्त्री प्रकाशबहादुर शाहले मन्त्रालयहरूबाट बजेट पुनर्लेखन गरेर आर्थिक मामिला मन्त्रालयमा आउने क्रम सुरु भएको बताए । उनले छिटोमा भदौ २५ गतेसम्म बजेट आउने सम्भावना रहेको बताए । मन्त्रालयबाट योजना परिमार्जन गरी सफ्टवेयरमा इन्ट्री गर्ने कार्य समयमा सकिएमात्रै भदौ महिनाभित्रै बजेट ल्याउन सकिने बताए ।

असार १ गते प्रदेश सभामा प्रस्तुत भएको बजेट फिर्ता लिएर नयाँ बजेट पेस गर्ने तयारी गरेको प्रदेश सरकारले प्रदेश सभाबाट बजेट फिर्ता लिइसकेको छैन । सभामा छलफल नहुँदै अलपत्र परेको बजेट फिर्ता लिएपछि मात्रै अर्को बजेट प्रस्तुत गर्ने बाटो खुल्ने व्यवस्था छ । प्रदेश सरकारले सो बजेट फिर्ता लिएर नयाँ बजेट प्रस्तुत गर्ने निर्णय गरी बजेट पुनर्लेखन गरिरहेको भए पनि पहिलेको बजेट फिर्ता लिने प्रक्रिया सुरु गरेको छैन ।

प्रदेश सरकारले कार्यान्वयन गर्ने योजना तथा कार्यक्रमका लागि २५ लाख रुपैयाँभन्दा माथि सिलिङ कायम गरी बजेट विनियोजन गर्ने आधार बनाएको प्रदेश सरकारले २५ लाखभन्दा कमको योजना राख्नै पर्ने अवस्थामा स्थानीय तहलाई सशर्त हस्तान्तरण हुने गरी विनियोजन गर्ने जनाएको छ । प्रदेश सरकारले व्यक्ति, समूह, संस्था, निजी फर्म, कम्पनी र सहकारीलाई सोझै बजेट दिने गरी बजेट विनियोजन नगर्ने र प्रदेश सरकारबाट कार्यान्वयन हुने कुनै पनि योजना उपभोक्ता समितिमार्फत् कार्यान्वयन नगर्ने बजेट निर्माणको आधार तय गरेको छ ।

तर, प्रदेश सरकारका मन्त्रालयमा बजेट माग गर्ने कार्यकर्ता र स्थानीय तहका जनप्रतिनिधिको घुइँचोले गर्दा २५ लाखमुनिका योजना पर्ने सम्भावना बढिरहेको आर्थिक मामिला मन्त्रालय स्रोतले जनाएको छ । मन्त्रालयका एक अधिकारीले भ्रष्टाचारलाई शून्य सहनशीलतको नीति अवलम्बन गरी सुशासन, जनमुखी र जनउत्तरदायी तथा विकास र समृद्धि प्रति प्रतिबद्ध रहेको बताए पनि बजेट निर्माणमा त्यसविपरीतको भइरहेको बताए ।

गत आर्थिक वर्षमा प्रदेश सरकारले ३२ वटा निर्वाचन क्षेत्रका लागि निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि विनियोजित एकमुष्ट ९६ करोड रुपैयाँ कार्यान्वयन नगर्न आदेश जारी गर्दै कार्यक्रम खारेज गरेको छ । तर प्रदेश सरकारले प्रदेशमा रहेका सांसदसँग योजना माग गरेको छ । स्रोतका अनुसार समानुपातिक सांसद्बाट दुई करोड र प्रत्यक्ष निर्वाचित सांसदबाट चार करोडको योजना माग गरेको बताइएको छ ।

नेपाली कांग्रेसकी समानुतातिक सांसद तुलसा देवकोटाले प्रदेश सरकारबाट माग भएबमोजिम दुई करोड बराबरका योजना बुझाएको बताइन् । निर्वाचन क्षेत्र विकास कार्यक्रममा एकमुष्ट विनियोजन गरी सांसदले पछि कार्यक्रम तय गरी कार्यान्वयन गर्ने गरेका थिए भने अब कार्यक्रम पुस्तिकामै सांसदको कार्यक्रम र बजेट आउने छ । सत्ता गठबन्धनका एक सांसदले भने सरकारको कार्यक्रम र सांसदको कार्यक्रम सबैले थाहा नपाउने गरी सांसदका योजना राख्ने तयारी भएको छ । त्यसरी विनियोजन भएको योजना सांसदकै तजबिजमा कार्यान्वयन गर्ने तयारी प्रदेश सरकारले गरेको छ ।

५१ दिनदेखि बजेट शून्यतामा रहेको प्रदेश सरकारले उधारोमा प्रशासनिक खर्च चलाइरहेको छ भने प्रदेश सरकारका पदाधिकारी, सांसद र कर्मचारीले तलब पाएका छैनन् । साउन १ गतेबाट बजेट शून्यतामा रहेको प्रदेश सरकारले साउन २४ सुदूरपश्चिम प्रदेश सामयिक राजस्व संकलनसम्बन्धी अध्यादेश जारी गरेपछि साउन २५ गतेदेखि राजस्व संकलन गरिरहेको छ । तर विनियोजन ऐनको अभावमा खर्च गर्न पाएको छैन ।

तत्कालीन सरकारमा समेत सहभागी रहेको नेकपा एमालेबाट आर्थिक मामिलामन्त्री भएका सुरेन्द्रबहादुर पालले चालु आर्थिक वर्ष २०८१/०८२ का लागि ३१ अर्ब ६२ करोड ९८ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका थिए । तर बजेटमाथि छलफल सुरु नहुँदै सरकार छाडेको नेकपा एमालेले आफ्नै मन्त्रीले प्रस्तुत गरेको बजेटको स्वामित्व नलिएपछि प्रदेश सरकार साउन १ गतेदेखि बजेट शून्यताको अवस्थामा पुगेको छ । बजेट शून्यताको अन्त्य समयमा हुन नसक्दा प्रदेश सरकारबाट गरिने विकास, निर्माणका सबै काम ठप्प भएको छ ।

शुक्रबार, भदौ २१, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद

समाचार

सबै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १५ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.