• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १५ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • ९. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

सुदूरपश्चिमका स्थानीय तहमा आर्थिक सुशासन कमजोर

  •   सोमबार, भदौ २४, २०८१ मा प्रकाशित

धनगढी । सार्वजनिक वित्त व्यवस्थापन तथा सुशासन प्रबद्र्धनको क्षेत्रमा कार्यरत एक संस्थाले गरेको अध्ययनले सुदूरपश्चिम प्रदेशको स्थानीय तहमा वित्तीय सुशासन निकै कमजोर रहेको देखाएको छ ।

अस्ट्रेलियत एडको सहयोगमा कम्युनिटी मेम्बर्स इन्टेरेष्टेड (कमिटेड) ले सञ्चालन गरेको स्थानीय सरकार सबलिकरण कार्यक्रमले गरेको अध्ययनले सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा आर्थिक सुशासन कमजोर भेटिएको हो । सार्वजनिक वित्त व्यवस्थापनको सबै चरणमा स्थानीय तहहरुले त्रुटीपूर्ण कार्य गरिरहेको अध्ययनले देखाएको छ । कार्यपालिकाबाट बजेट निर्माण, गाउँ÷नगर सभाबाट बजेट स्वीकृति, बजेट कार्यान्वयन र लेखा परीक्षण जस्ता महत्वपूर्ण चरणमा स्थानीय तहहरुले कानुनको उलंघन गरिरहेका छन् । कानुन उलंघन गरी बजेट निर्माण, स्वीकृति र कार्यान्वयन गर्दा अन्तिम लेखा परीक्षणमा कतिपय स्थानीय तहले कुल खर्च गरेको बजेटको ४० प्रतिशतसम्म बेरुजु आइरहेको अध्ययनले जनाएको छ । त्यसरी आएको बेरुजु सम्परीक्षणमा समेत स्थानीय तहले बेवास्ता गरेको अध्ययनमा संलग्न अनिरुद्र न्यौपानेले बताए ।

अध्ययनका अनुसार सुदूरपश्चिमका ८८ वटा स्थानीय तह मध्ये ६ वटा स्थानीय तहको मात्रै १० प्रतिशत भन्दा कम बेरुजु छ । १५ स्थानीय तहको बेरुजु १० देखि २०, ३१ स्थानीय तहको बेरुजु २० देखि ३०, २३ स्थानीय तहको बेरुजु ३० देखि ४० र १३ स्थानीय तहको बेरुजु ४० प्रतिशत भन्दा माथि रहेको अध्ययनमा उल्लेख छ । ति स्थानीय तहहरुको कुल बेरुजु मध्ये १२ प्रतिशत असुल गर्नुपर्ने, ७७ प्रतिशत नियमित गर्नुपर्ने र ११ प्रतिशत पेश्की बेरुजु रहेको अध्ययनले जनाएको छ । अध्ययन गरिएका ८८ पालिका मध्ये ७६ पालिकाको २० प्रतिशत, ७ स्थानीय तहको १५ प्रतिशत र ५ स्थानीय तहको १० प्रतिशतसम्म बेरुजु बृद्धिदर छ ।

ति मध्ये ४२ स्थानीय तहले बेरुजु फस्र्यौट गर्ने प्रयाससम्म गरेका छन् भने ४६ वटा स्थानीय तहले बेरुजु फस्र्यौट गर्न कुनै पनि गतिविधि गरेका छैनन् । बेरुजु फस्र्यौट गर्ने पालिका मध्यले २१ वटाले ५, ७ वटाले १०, २ वटाले १५, ४ वटाले २० र ८ वटाले २० प्रतिशतसम्म बेरुजु फस्र्यौट गरेका छन् ।


सुदूरपश्चिमका ८८ पालिका मध्ये २५ वटा पालिकाले बेरुजु सम्परीक्षण, आन्तरिक लेखा व्यवस्थापन लगायतका काम गर्ने जिम्मेवारी तोकिएको सार्वजनिक लेखा समिति नै गठन गरेका छैनन् । ६३ वटा स्थानीय तहले मात्रै लेखा समिति गठन गरेको अध्ययनले जनाएको छ । ‘लेखा समितिको नेतृत्व प्रतिपक्षले गर्नुपर्ने मान्यता छ,’ अध्ययनमा संलग्न न्यौपानेले भने, ‘स्थानीय तहमा प्रतिपक्ष नरहने भएको हुँदा कार्यपालिकामा नरहेको व्यक्तिलाई लेखा समितिको नेतृत्व दिनुपर्ने हुन्छ । तर कतिपय स्थानीय तहले कार्यपालिका सदस्यहरुलाई मात्रै राखी लेखा समिति गठन गरेका छन् । कतिपय स्थानीय तहमा नगरप्रमुख÷अध्यक्षकै पार्टीको वडा अध्यक्षलाई लेखा समितिको सभापति बनाइएको छ ।’

लेखा समिति गठन गरिएको पालिका मध्ये ३२ वटामा कार्यपालिकाका सदस्यहरुलाई मात्रै राखी लेखा समिति गठन गरिएको छ । २५ वटामा कार्यपालिका सदस्य र नगर÷गाउँ सभा सदस्यहरुलाई मिश्रित गराइएको छ भने ६ वटा पालिकामा मात्रै नगर÷गाउँ सभा सदस्यहरुलाई मात्र लेखा समितिमा राखिएको छ । ३६ वटा पालिकामा नगरप्रमुख÷अध्यक्षको पार्टीको व्यक्तिलाई लेखा समितिको सभापति बनाएको छ भने २७ वटा स्थानीय तहमा अर्को पार्टीबाट लेखा समिति सभापति बनाइएको छ । यसरी नगरप्रमुख÷अध्यक्षकै पार्टीबाट लेखा समितिको सभापति र कार्यपालिका सदस्यलाई नै लेखा समितिमा राख्दा बजेट कार्यान्वयन गर्ने व्यक्ति नै अनुगमन, मुल्यांकन र लेखा सम्बन्धी प्रश्न गर्ने व्यक्ति हुँदा वित्तीय सुशासन कमजोर हुने नेपाल सरकारका पूर्व सचिव डा. गोपीकृष्ण खनालले बताए ।

लेखा समिति सञ्चालनको कानुनी प्रबन्ध जानकारी छ वा छैन भन्ने प्रश्न गर्दा ९ वटा पालिकाले मात्रै थाहा छ भन्ने जवाफ दिएको अध्ययन प्रतिवेदनमा उल्लेख छ । ७९ वटा पालिकाले लेखा समिति सञ्चालनको कानुनी व्यवस्था बारे जानकारी नै नरहेको उल्लेख गरेका छन् । ‘लेखा समिति गठन भएका मध्ये ५१ वटा पालिकाको लेखा समितिले एक पटक भएपनि बैठक बसेका छन्,’ कमिटेडका परियोजना व्यवस्थापक समेत रहेका न्यौपानेले भने, ‘१२ वटा पालिकाको लेखा समितिले गठन भएदेखि एक पटक पनि बैठक बसेको छैन । बैठक बस्ने लेखा समिति मध्ये ३७ वटाले लेखा परीक्षण प्रतिवेदन र बेरुजुको विषयमा पनि छलफल गरेका छन् । १४ वटा लेखा समितिले लेखा परीक्षण प्रतिवेदन र बेरुजु बाहेकका विषयमा मात्रै छलफल गरेका छन् ।’


सार्वजनिक वित्त व्यवस्थापनमा आर्थिक सुशासन मापन पर्ने अर्को महत्वपुर्ण टुल सार्वजनिक सुनुवाई पनि हो । तर सुदूरपश्चिम प्रदेशका २९ वटा स्थानीय तहहरुले सार्वजनिक सुनुवाईको अभ्यास पनि गरेका छैनन् । अध्ययनले ५९ वटा स्थानीय तहले मात्रै सार्वजनिक सुनुवाईको अभ्यास गरेको जनाएको छ । ३२ स्थानीय तहले स्वतः सूचना प्रकाशन गर्ने गरेका छन् भने ५६ वटा स्थानीय तहले खर्चको विवरण (फाँटवारी) समेत सार्वजनिक गरेका छैनन् ।

८८ पालिका मध्ये ११ ले आवधिक योजना, १३ ले क्षेत्रगत योजना, ५ ले मध्यकालीन खर्च संरचना र राजश्व सुधार कार्ययोजना बनाएका छन् । १२ वटा स्थानीय तहले कार्यक्रम र बजेट सम्बन्धी दस्तावेज वेबसाइटमा राख्ने गरेका छैनन् भने ७६ वटाले राखेका छन् । ४८ पालिकाले प्रगति प्रतिवेशन सार्वजनिक गर्ने गरेका छैनन् भने ४० वटाले सर्वाजनिक गरेका छन् । ८८ वटा स्थानीय तह मध्ये एक स्थानीय तहले मात्रै आन्तरिक लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गर्ने अध्यास गरेको अध्ययनले जनाएको छ । ५३ वटा स्थानीय तहले अन्तिम लेखा परीक्षण प्रतिवेदन पनि सार्वजनिक गरेका छैनन् ।

अध्ययनमा संलग्न न्यापानेले सबै स्थानीय तहले अन्तिम लेखा परीक्षण (महालेखा परीक्षण) प्रतिवेदन र आन्तरिक लेखा परीक्षण प्रतिवेदन बेवसाइट र अन्य माध्यमबाट सार्वजनिक गर्नुपर्ने बताए । उनले महालेखा परीक्षण प्रतिवेदन र अन्तरवार्ताको माध्यमबाट अध्ययन गरिएको बताए । उनले कतिपय स्थानीय तहले गाउँ÷नगर सभा सदस्यको हातमा कार्यक्रम र विनियोजित बजेटको प्रिन्ट नै नदिएर बजेट छलफल गरी पारित गर्ने गरेको बताए । उनलेका सभा सदस्यहरुलाई प्रिन्ट गरी अध्ययन गर्ने समय दिएर मात्रै छलफल प्रारम्भ गर्ने व्यवस्थालाई स्थानीय तहहरुले बेवास्ता गरिरहेको बताए ।

सोमबार, भदौ २४, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद

समाचार

सबै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १५ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.