• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १५ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • ९. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

कहिले आउँछ सुदूरपश्चिमको बजेट ?

  •   सोमबार, भदौ २४, २०८१ मा प्रकाशित
  • भदौको सुरुमै बजेट ल्याउने बताएको प्रदेश सरकारले अन्तिम सातासम्म पनि सुरसार देखाएको छैन

  • अब धेरै दिन लाग्दैन । दुई/चार दिनभित्रै बजेट ल्याउँछौं, मन्त्रालयगत कार्यक्रमहरू इन्ट्री गर्नुका साथै आवश्यक छलफल सकियो । अब आर्थिक मामिला मन्त्रालयले फाइनल गर्दै छ : वीरबहादुर थापा, भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री, सुदूरपश्चिम

धनगढी । दुई महिनादेखि बजेटविहीन सुदूरपश्चिममा भदौको सुरुमै बजेट ल्याउने बताएको प्रदेश सरकारले अन्तिम सातासम्म पनि सुरसार देखाएको छैन । बजेट नआएकै कारण गत साउनदेखि प्रदेश सरकार अन्तर्गतका कर्मचारीले तलब पाएका छैनन् ।

प्रदेश सरकारका सबै कार्यालयको दैनिक प्रशासनिक खर्च पनि उधारोमा चलिरहेको छ । प्रदेशको स्वास्थ्य सेवा प्रभावित हुने अवस्थामा पुगेको छ ।

गत साउन २१ मा मुख्यमन्त्री बनेका कमलबहादुर शाहले भदौ पहिलो सातासम्म बजेट ल्याउने बताएका थिए । दोस्रो साता पनि ल्याउन नसकेपछि भदौ २१ मा बजेट ल्याउने तयारी भइरहेको मन्त्रीहरूले बताएका थिए । तर आइतबारसम्म सरकारकै मन्त्रीहरू बजेट ल्याउने दिन यकिन नभएको बताउँछन् । ‘अब धेरै दिन लाग्दैन । दुई/चार दिनभित्रै बजेट ल्याउँछौं,’ भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापाले भने, ‘मन्त्रालयगत कार्यक्रमहरू इन्ट्री गर्नुका साथै आवश्यक छलफल सकियो । अब आर्थिक मामिला मन्त्रालयले फाइनल गर्दै छ ।’

बजेट ढिलो हुनुको मुख्य कारण स्वयं मन्त्री, सांसद र निकट कार्यकर्ता आफू अनुकूल योजनाहरू पार्न हानाथाप गर्नु रहेको एक मन्त्रीले बताए । सोही कारण मुख्यमन्त्री शाहले सुरुदेखि नै दबाब झेल्दै आएको उनी निकट सांसदहरू बताउँछन् । अहिले सुदूरपश्चिममा कांग्रेस नेतृत्वमा एमाले र नागरिक उन्मुक्तिको सत्ता साझेदारी छ । आर्थिक मामिला मन्त्रालय कांग्रेस आफैंले राखेको छ भने सबैभन्दा धेरै बजेट भएको भौतिक पूर्वाधार विकास मन्त्रालय एमालेले लिएको छ ।

दुवै दलका मन्त्री र सांसदहरूले बढीभन्दा बढी मात्रामा बजेट तथा योजना पार्ने तँछाडमछाडकै कारण बजेट तयार गर्न ढिलाइ भएको मन्त्रीहरू स्वीकार्छन् । ‘अहिले सरकारमा साझेदार भए पनि कांग्रेस र एमाले प्रतिस्पर्धी दल हुन् । त्यसैले बजेटमा आफ्ना कार्यक्रमहरू बढी मात्रामा राख्न पाए हुन्थ्यो भन्ने सोच्नु अन्यथा होइन,’ सामाजिक विकासमन्त्री मेघराज खड्काले भने ।

मुख्यमन्त्री कार्यालयले सांसदका माग व्यवस्थापन गर्न प्रत्यक्ष निर्वाचितलाई चार करोड र समानुपातिकलाई दुई करोड रुपैयाँ भाग लगाएर योजनाको सिफारिस संकलन गरिसकेको छ । ५३ सदस्यीय प्रदेश सभामा ३२ प्रत्यक्ष र २१ समानुपातिक सांसद छन् । एक अर्ब २८ करोड प्रत्यक्षका लागि र ४२ करोड समानुपातिक सांसदका लागि छुट्याएर सांसदहरूका योजना बजेटमा समावेश गर्न लागिएको मुख्यमन्त्री शाहले बताएका छन् । तर सत्तारूढ दलकै सांसदहरू त्यसबाहेक थप योजनाहरू समावेश गर्न लागिपरेकै कारण पनि अप्ठेरो भएको मुख्यमन्त्री शाहका सहयोगी नृपबहादुर सुनार बताउँछन् ।

आर्थिक मामिला मन्त्रालयका सचिव झलकराम अधिकारीका अनुसार यसअघि पेस भएको बजेटभन्दा करिब दुई अर्ब हाराहारीमा घटेर अबको बजेट ल्याउनुपर्ने अवस्था छ । ‘असारमा बजेट ल्याउँदा अनुमानित ल्याउने हो । अब ल्याउने बजेट यथार्थ हो,’ उनले भने । यसअघि प्रदेश सभामा ३१ अर्ब ६२ करोडको बजेट ल्याइए राजनीतिक अस्थिरताका कारण पारित हुन सकेको थिएन ।

बजेट शून्यताका कारण प्रदेश सरकारमात्रै होइन, स्थानीय तह पनि प्रभावित छन् । प्रदेश सरकारबाट स्थानीय तहहरूले वित्तीय समानीकरण अनुदानअन्तर्गत समपूरक, विशेष, ससर्त र राजस्व बाँडफाँटको रकम प्राप्त गर्छन् । तर सुदूरपश्चिमका स्थानीय तहले प्रदेश सरकारबाट प्राप्त गर्ने रकमको यकिन छैन ।

प्रदेश सभामा पेस भएको बजेटसम्बन्धी विधेयकहरू यथास्थितिमै रहेको तर नवगठित सरकारले नयाँ बजेट बनाएको छ । त्यसैले प्रदेश सभामा कुन विधिबाट अर्को बजेट पेस गर्ने भन्नेमा सरकार अझै दोधारमा छ । सामाजिक विकासमन्त्री खड्का यसबारे छलफल भइरहेको र यसअघि पेस भएको विधेयकलाई प्रतिस्थापन विधेयक ल्याएर नयाँ बजेट ल्याउने तयारी भएको बताउँछन् ।

यसअघि एमाले, माओवादी र नागरिक उन्मुक्ति पार्टीको साझेदारीमा एकीकृत समाजवादीका दीर्घ सोडारी नेतृत्वको सरकारले असार १ मा प्रदेश सभामा बजेट पेस गरेको थियो । तर बीचैमा गठबन्धन फेरिएर एमाले सरकारबाट बाहिरिएपछि प्रदेश सभामा पेस भएको बजेट छलफल नै हुन नसकी अलपत्र परेको थियो । त्यतिबेला सोडारी सरकारले अध्यादेशबाट बजेट ल्याउने प्रयास गरेको थियो । तर एमाले, कांग्रेस र प्रदेश प्रमुखको अवरोधका कारण अध्यादेश ल्याउने योजना असफल भएको थियो । कान्तिपुरबाट

सोमबार, भदौ २४, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद

समाचार

सबै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १५ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.