कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकामा ब्यापारीहरु आन्दोलित भएका छन । नगर प्रमुखको आदेशमा फुटपाथमा राखिएका सामान नगर प्रहरी लगायर हटाउन थालेपछि ब्यापरी आन्दोलित भएका हुन ।
बजार व्यवस्थीत बनाउने नाममा नगरपालिकाले ज्यादती गरीरहेको व्यापारीहरुले आरोप लगाउदै आएका छन । स्थानिय युवा ब्यावसायी दिपक भट्टले जुत्ता सिलाउने मजदुरका सामान नगरपालिकाले जफत गरेको छ यस्का बिरुद्ध आन्दोलन गर्न समिति निर्माण गरेको बताए ।
बजारको केही क्षेत्रबाट सामान उठाए पनि व्यापारीले चर्को प्रतिरोध गरेपछि नगर प्रहरी निरीह बनेर फर्केको उनले वताए । नगर उप प्रमुखलाई गाडीमै आधा घण्टा सडकमै रोकेर प्रदर्शनमा उत्रिएका व्यापारीहरुले नाराबाजी गरेका थिए ।
व्यापारीहरुले आज नगरपालिकाको ज्यादती विरुद्ध बजार बन्द गर्ने घोषणा गरेका छन । व्यापारीहरुले कमला ऐरको संयोजकत्वमा संघर्ष समिति गठन गरेको उनले वताए । समितिको सदस्यमा भीम बहादुर ऐर,रमेश रावल,जय बहादुर ऐर र बिमल शाह रहेका उनले वताए ।













