धनगढी- नेपाल पत्रकार महासंघ कैलाली शाखाका अध्यक्ष हिमालय जोशी र वरिष्ठ पत्रकार चित्राङ्ग थापा समान्नित भएका छन् । नेपाल ईट्टा उद्योग महासंघको चौधौं वार्षिक साधारण सभाको अवसरमा सोमबार धनगढीमा अध्यक्ष जोशी र वरिष्ठ पत्रकार थापा समान्नित भएका हुन् ।
अध्यक्ष जोशी र वरिष्ठ थापालाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले खादा, माला र सम्मानपत्र दिएर सम्मान गरे । समाज परिवर्तनमा पत्रकारिताका माध्यमबाट उल्लेख्य योगदान गरेको भन्दै महासंघले अध्यक्ष जोशी र पत्रकार थापालाई समान गरेको छ ।













