धनगढी- डडेल्धुरामा एकजना मृत अवस्थामा फेला परेका छन् । शनिबार जिल्लाको परशुराम नगरपालिका–५ परिगाउँ महाकाली नदी किनारको छेउ पुर्तौली भन्ने भीर नजिक नाम,थर,वतन नखुलेको नखुलेका अन्दाजी २४/२५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी जनाएको छ ।
सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।














