धनगढी- नेपाली कांग्रेस जिल्ला कार्य समिति कैलालीले मातहतका उपसमितिमा ५ जनालाई मनोनीत गरेको छ । तपेन्द्र भुसाल संयोजक रहेको प्रचार र प्रसार शाखामा नेपाल प्रेस युनियन कैलाली शाखाका अध्यक्ष श्रवण देउवा र लम्की शाखाका अध्यक्ष देवानन्द न्यौपाने लाई मनोनयन गरिएको नेपाली कांग्रेस जिल्ला सभापति नारायणदत्त भट्टद्वारा हस्ताक्षर विज्ञप्तीमा उल्लेख छ । यस्तै देवानन्द जैसी संयोजक रहेको संगठन विभागमा बद्रीप्रसाद ढकाल, बाबुराम चौधरी, ललितादेवी भट्ट मनोनयन गरिएको विज्ञप्तीमा उल्लेख छ ।














