कैलाली । कञ्चनपुरको दुई स्थानबाट १६ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार साँझ कञ्चनपुरको , भिमदत्त
१० सुकासाल स्थित एक किराना पसलमा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाइ प्रहरीले पक्राउ गरेको हो भने कञ्चनपुर, बेदकोट ५ धरमपुर स्थित एक घरबाट जुवातास खेलिरहेको अवस्थामा १० जनालाई पक्राउ गरेको, हो ।
प्रहरीले गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा निजहरुलाई नगद ६५ हजार ८७५, र १०, १० गड्डी तास सहित पक्राउ गरेको र सो सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । ।













