धनगढी– सत्ता साझेदार दलबीच आगामी प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धन गर्ने सहमति भएपछि काँग्रेसका केही नेताहरूमा असन्तुष्टि देखिएको छ । यो असन्तुष्टि माथिल्लो तहदेखि तल्लो तहसम्म छ ।
यसै क्रममा नेपाली काँग्रेस कैलालीका उपसभापति भीम बडुवालले पनि चुनावी गठबन्धनप्रति असन्तुष्टि पोखेका छन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफू गठबन्धनको पक्षमा नरहेको बताएका छन् । गठबन्धनकै कारण काँग्रेसमा ठूलो भुइचालो समेत जाने भन्दै उनले काँग्रेसीको आत्माले हसिया हतौडामा भोट हाल्न नसक्ने बताए ।
उनले गठबन्धन भइहाले पनि काँग्रेसी मनहरूलाई न्यायको अनुभूति हुनुपर्ने बताए । कम्तिमा १०० सिट प्राप्त गर्नुपर्ने र निर्वाचनपछि काँग्रेसकै नेतृत्वमा सरकार बन्नुपर्ने ग्यारेन्टी हुनुपर्ने उनको भनाई छ । 













