धनगढी- कैलालीमा लागूऔषधसहित तीन जना पक्राउ परेका छन्।
लागूऔषध सेवन तथा विक्री वितरण भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा जिल्लाको कैलारी गाउँपालिका–८ लौसाबाट सोही ठाउँ बस्ने ३० वर्षीया रीता कठरियाको घरको कोठामा खाँनतलासी गर्दा ४ सय ३० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै,निज रीताकै घरमा बसीरहेको अवस्थामा गौरीगंगा नगरपालिका–१० बस्ने २८ वर्षीय इन्द्र कठायत र वडा नं. ८ बस्ने ३२ वर्षीय हेम चौधरी समेतलाई फेला पारी उक्त पदार्थसहित पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले तीनै जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ।













