धनगढी- कैलालीमा लागूऔषधसहित दुईजना पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका–५ शिवनगरबाट २४ वर्षीय प्रकाश बोगटी र २८ वर्षीय कमल कार्की लागूऔषधसहित पक्राउ परेका हुन् ।
दुबै जनालाई ४० मिलिग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थसहित वडा प्रहरी कार्यालय धनगढी कैलालीबाट खटिएको प्रहरी टोलीले आइतबार नियन्त्रणमा लिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।













