धनगढी- नेकपा माओवादी केन्द्रले कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि बिना मगरको नाम सर्वसम्मत सिफारिस गरेको छ।
बिहीबार माओवादी केन्द्र क्षेत्र १ को बैठकले प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि पूर्वमन्त्रीसमेत रहेकी सांसद विना मगरको एकल नाम सिफारिस गरेको हो। माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य रहेकी मगर ०७० सालमा दोस्रो संविधानसभा निर्वाचनमा पराजित भएकी थिइन्।
०७४ मा कांग्रेसका उम्मेदवार दिवानसिंह विष्टलाई दोब्बर मतले पराजित गर्दै निर्वाचित भएकी थिइन्। सांसद निर्वाचित भएसँगै उनी खानेपानीमन्त्री भएकी थिइन्।













