• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
आइतबार, भदौ २८, २०८३
☰
आइतबार, भदौ २८, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १८ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • ९. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

सर्पको उद्धारसँगै जनचेतना फैलाउँदै लक्ष्मण

  •   सोमबार, कार्तिक ०५, २०८१ मा प्रकाशित

धनगढी– कैलालीको टीकापुरका शिक्षक लक्ष्मण उपाध्यायलाई दसैँमा पनि सर्प उद्धार गर्न भ्याइनभ्याइ थियो । यत्रतत्रबाट फोन आएपछि नजाने कुरै भएन । सर्प समात्ने चटारोले दसैँको टीकासमेत थाप्न नपाएका उनले दसैँको बेला मात्रै ३५ वटा सर्प उद्धार गरे । “मेरो दसैँ सर्प समात्दै बित्यो । टीकासमेत छाडेर सर्प उद्धार गर्न गएको थिएँ,” लक्ष्मणले अगाडि थपे, “यो बेला सर्पको बिगबिगी बढी हुने गरेका कारण मलाई चाडपर्वमा समेत फुर्सद थिएन ।” दसैँ अवधिमा अति विषालु गोमन, करेत, ब्यान्डेट करेत सर्पदेखि लिएर धामन, पानी सर्प र तीन वटा बर्मेस अजिङ्गर सर्प पक्रेर सुरक्षित स्थानमा छाडेको उनको भनाइ छ ।

जीवशास्त्रमा स्नातकोत्तर उत्तीर्ण उपाध्यायले कैलालीमा सर्प उद्धार गर्दै आएको चार वर्ष पुगेको छ । यो अवधिमा विषालु र अविषालु गरेर दुई हजार २३४ वटा सर्पको उद्धार गरेको उपाध्यायले जानकारी दिए । “उद्धार गरिएको धेरैजसो विषालु सर्प रहेका छन्,” उनले भने । कैलालीमा धनगढी उपमहानगरपालिकाका नगर प्रहरीले पनि सर्प उद्धारसम्बन्धी तालिम लिएर सो कार्य गर्दै आएका छन् । यो कार्यमा नगर प्रहरी नलागेको बेलासम्म उपाध्याय यहाँ एक्लो सर्प उद्धारकर्ता थिए । उनले कुनै पनि निकायको सहयोगबिना स्वेच्छाले यो कार्य गर्दै आएका छन् । त्यति मात्रै हैन, सर्पको महत्वसहित यसको संरक्षणबारे समुदायस्तरमा जनचेतनासमेत फैलाउँदै आएका छन् । अहिलेसम्म विभिन्न सरकारी तथा निजी विद्यालय, क्याम्पसमा पुगेर सर्प उद्धार, सर्पदंश र सर्प संरक्षणबारे ४१ वटा कक्षा सञ्चालन गरिसकेको उपाध्यायको भनाइ छ । यसै गरी सर्पको उद्धार गरिसकेपछि आसपासका मानिसलाई जम्मा गरेर सर्पको प्रजाति, महत्व, सर्पदंश र सर्पले टोकेपछि उपचारबारे समुदायस्तरमा चेतना फैलाउने गरेका छन् ।

फलस्वरूप, समुदायमा परिवर्तन देखिएको छ । विगतमा घरमा पसेका धेरैजसो सर्प मान्छेले मार्ने गर्थे । अचेल घर वा घर आसपासमा सर्प देखिएमा उद्धारका लागि उपाध्यायलाई गुहार्ने गर्छन् । टीकापुर र आसपासको क्षेत्रमा आफूले सर्प उद्धार गर्दै जनचेतनासमेत फैलाउन थालेपछि सर्प मार्ने क्रम करिब ९० प्रतिशत कम भएको लक्ष्मणको दाबी छ । यसैगरी, घरमा पसेका सर्प बेलैमा समातेर सुरक्षित स्थानमा लगेर छोड्न थालेपछि सर्पदंशको घटना र सर्पदंशबाट मान्छेको मृत्यु हुने क्रम घटेको छ । “सर्पले टोकेपछि पहिले धेरैजसो मानिस झारफुकका लागि धामीझाँक्री वा गुरुवाको घरमा पुग्ने गर्थे,” उनले भने, “अचेल उपचारका लागि टीकापुर अस्पताल पुग्ने गरेका छन् । ढिलो नगरी अस्पताल पु¥याउँदा धेरैको ज्यान जोगिएको छ । मृत्यु भएको घटना विरलै छन् ।”

लक्ष्मण पेसाले शिक्षक हुन् । उनले टीकापुरमा रहेको टीकापुर पोलिटेक्निक कलेज, सामान्य चिकित्सा कलेजमा अध्यापन र रेडियन्ट मन्टेश्वरी इङ्ग्लिस स्कुलमा शिक्षण गर्दै आएका छन् । यद्यपि, उनलाई शिक्षकभन्दा पनि धेरैजसोले सर्प उद्धारकर्ताको रूपमै चिन्ने गरेका छन् । गोरखापत्रबाट

  • सर्प
सोमबार, कार्तिक ०५, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
पौने दुई लाखका भन्सार छलीका सामान नियन्त्रणमा
आज तीजको दर खाने दिन
कस्तो रहला आज देशभरको मौसम ?
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा

समाचार

सबै

पौने दुई लाखका भन्सार छलीका सामान नियन्त्रणमा

आज तीजको दर खाने दिन

कस्तो रहला आज देशभरको मौसम ?

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

पौने दुई लाखका भन्सार छलीका सामान नियन्त्रणमा

आज तीजको दर खाने दिन

कस्तो रहला आज देशभरको मौसम ?

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १८ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.