धनगढी- प्रहरीले कैलालीबाट अवैध लागूऔषधसहित एकजनालाई पक्राउ गरेको छ ।
धनगढी उपमहानगरपालिका–४ बसपार्कबाट अछामको चौरपाटी गाउँपालिका–१ घर भई हाल धनगढी बसपार्क स्थित प्रियंका होटेलका संचालक ३६ वर्षीय विजय साउँदलाई आइतबार पक्राउ गरेको हो ।
साउँदलाई ३ ग्राम ३८० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित फेला पारि जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।













