• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, भदौ २९, २०८३
☰
सोमबार, भदौ २९, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ७ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ६. सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार, सबै हल्ला मात्र

  • ७. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • ८. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • ९. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

  • १०. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

सेनाको जागिरबाट अवकाशपछि तरकारी खेतीमा

  •   बुधबार, कार्तिक २१, २०८१ मा प्रकाशित

डोटी- डोटीको शिखर नगरपालिका–४, देवालीका कर्णबहादुर मल्लले १७ वर्ष नेपाली सेनामा जागिर खाएर अवकाश भए। मल्लसँगैका कतिपय नेपाली सेनामा काम गरेका सहकर्मी अवकाशपश्चात् वैदेशिक रोजगारीमा छन् । कतिपय व्यापाररव्यवसायलगायतका क्षेत्रमा छन् ।

कर्णबहादुर मल्लले अवकाशपछिको समयलाई गाउँमा व्यावसायिक रूपमा तरकारी खेती गरेर उदाहरणीय कार्य गरेका छन्। पहाडका गाउँबाट बसाइँसराइ गरेर तराईलगायत सहरी क्षेत्रमा जानेका कारण गाउँमा जमिन बाँझो रहने गरेको छ । मल्लले बसाइँसराइ गरेर गएकाका कारण बाँझो जमिनलाई समेत तरकारी उत्पादनमा उपयोग गरेका छन् । उनले भने, “जागिरबाट अवकाश हुनुपूर्व नै मैले बाँकी जीवन कृषिकर्ममा नै बिताउने बारेमा योजना बनाइसकेको थिएँ ।”

घरनजिकै व्यावसायिक तरकारी खेतीका लागि निर्माण गरिएको प्लास्टिक घरतर्फ देखाउँदै उनले भने, “उत्पादन भएको तरकारीलाई बजारको समस्या छैन । २० रोपनीभन्दा बढी जग्गामा तरकारी र फलफूल खेती गरेको छु । बसाइँसराइ गरेर गएकाको बाँझो जमिनमा समेत मैले तरकारी खेती गर्दै आएको छु ।” मल्ल २०७९ सालमा नेपाली सेनाको जागिरबाट अवकाश भएका हुन्। हाल उनले सात वटा प्लास्टिक घरभित्र बेमौसमी तरकारी खेती गरेर वार्षिक पाँच लाख रुपियाँभन्दा बढी आम्दानी गर्दै आएका छन् ।

तरकारी उत्पादनका साथै बाख्रापालन, भैँसीपालन र फलफूल खेती पनि गर्दै आएका छन् । मल्लले शिखर कृषि तथा पशुपन्छी फार्म दर्ता गरेका छन् । गोलभेँडा, आलु, काउली, गाँजरलगायतका तरकारीको उत्पादन गर्दै आएका छन् । स्याउ, कागती, सुन्तला, आँपलगायतका फलफूल पनि रोपेका छन् । गाउँमा रहेका अन्य व्यक्तिलाई समेत कृषि पेसाप्रति आकर्षण गर्न मल्लले गाउँमा कृषि पुस्तकालयसमेत स्थापना गरेका छन् । पुस्तकालयमा कृषिसँग सम्बन्धित पुस्तक र जानकारीमूलक सामग्री राखिएका छन् ।

व्यावसायिक रूपमा तरकारी खेतीप्रतिको मोह देखेर सरकारीस्तरबाट समेत मल्ललाई सहयोग हुन थालेको छ । आर्थिक वर्ष २०८०र८१ मा कृषि ज्ञान केन्द्र डोटीले मल्ललाई हातेट्याक्टर र सात वटा प्लास्टिक घर तथा शिखर नगरपालिकास्थित कृषि शाखाले सिँचाइका लागि ७० हजार रुपियाँ बराबरको प्लास्टिक पाइप अनुदानमा उपलब्ध गराएको बताइएको छ । कृषि ज्ञान केन्द्र डोटीका प्रमुख गङ्गादत्त अवस्थीले भने, “व्यावसायिक रूपमा गरिएको कृषि पेसालाई उहाँले निरन्तरता दिइरहनु भयो भने हामीले थप प्राविधिक र सामग्री सहयोग गर्न सक्छौँ । पछिल्लो समयमा उहाँले राम्रै गर्नुभएको छ ।”

सुदूरपश्चिमका पहाडी जिल्लाबाट कामका लागि भारतलगायत तेस्रो मुलुकमा जाने क्रम घटेको छैन । बर्सेनि पहाडबाट बसाइँसराइ गरेर तराई जानेका कारण पहाडी गाउँघरको खेतीयोग्य जमिन बाँझो हुन थालेको छ । मल्लले गाउँमा तरकारी खेतीबाट राम्रो आम्दानी गरेर उदाहरणीय कार्य गरेका छन् । गाेरखापत्रबाट

  • तरकारी खेती
बुधबार, कार्तिक २१, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता
राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै
भन्सार छलीका सामान नियन्त्रणमा
अटोको ठक्करबाट एक जनाको मृत्यु,एक घाइते
मुख्यमन्त्री भट्टद्वारा तीजको शुभकामना
बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि सरकार अगाडि बढेको छ : मन्त्री भाट

समाचार

सबै

भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता

राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै

भन्सार छलीका सामान नियन्त्रणमा

अटोको ठक्करबाट एक जनाको मृत्यु,एक घाइते

भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता

राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै

भन्सार छलीका सामान नियन्त्रणमा

अटोको ठक्करबाट एक जनाको मृत्यु,एक घाइते

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ७ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ६.
    सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार,

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.