धनगढी- कैलालीको घोडाघोडीबाट ब्राउन सुगरसहित ४ जना पक्राउ परेका छन् । घोडाघोडी नगरपालिकालो वडा नम्बर १ को बेलारबाट प्रहरीले ४ जनालाई पक्राउ गरेको हो ।
वडा नम्बर १ का २० वर्षीय दीपेश धामी, १९ वर्षीय शिव गुरुङ, २३ वर्षीय सुमन बोहरा र वडा नम्बर २ का २१ वर्षीय उपेन्द्र बमलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीले बताए ।
उनका अनुसार उनीहरुको साथबाट २ सय मिली ग्राम ब्राउन सुगर बरामद गरिएको छ । बिहीबार राति बेलारबाट उनीहरूलाई गस्तीमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनीहरूलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।













