धनगढी । कैलाली र डडेल्धुराका केही स्थानबाट प्रहरीले भन्सार छलीको ७ लाख बढीको सामान पक्राउ गरेको छ । कैलालीको धनगढी ३ ट्राफिक चौहारा र राजघाट,त्रिबेणीघाट, जोशीपुर १ पिपरकोटी र लक्कडबाट भारतबाट भन्सार छलि गरि ल्याएका मूल्य रु.७,२२,५५२।– बराबरको चिनी, बिडी, मोबाईल कभर, तिलको तेल, पर्दा, पटाका लगायतका सामानहरु सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट संयुक्त खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ । त्यस्तै डडेल्धुरा, परशुराम १२ खैरेनीजाला तातापानी जोगबुढा सडक खण्डबाट भारतबाट भन्सार छलि गरि ल्याएका मूल्य रु.१९,७००।– बराबरको सुटपिस, बिडी, जिरा,प्लाष्टिकको माला लगायतका सामानहरु इलाका प्रहरी कार्यालय जोगबुढा, डडेल्धुराबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।














