धनगढी- सुदूरपश्चिमका डेउडा गायक तथा कलाकार सौगात ओझा सहित तीन जनाले माओवादी केन्द्रमा प्रवेश गरेका छन् । ओझासँगै धनगढी उपमहानगरपालिका–१७ डमोलियाका नेपाली काङ्ग्रेसका क्षेत्रीय प्रतिनिधि समाजसेवी भरत सिराडी र नागरिक उन्मुक्ती पार्टीका नेता समाजसेवी छेदुलाल चौधरीले पार्टी प्रवेश गरेको माओवादी केन्द्र धनगढी उपमहानगर कमिटीका सचिव रमेश भट्टराईले जानकारी दिए ।
नवप्रवेशीलाई माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य एवं पूर्व मन्त्री रमेशसिंह धामीले सोमबार एक कार्यक्रमका बीच स्वागत गरेको सचिव भट्टराईले जानकारी दिए । नेकपा(माओवादी केन्द्र) धनगढी–१७ का पार्टी वडा अध्यक्ष रामबहादुर चौधरी (अबिचल)को सक्रिय अगुवाई तथा संयोजनमा स्वागत तथा सम्मान कार्यक्रम गरिएको उनले बताए ।













