• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • २. पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ३. कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

  • ४. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ५. युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ६. मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

  • ७. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • ८. धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

  • ९. सांसद पाठकले लगाए जेई खाेप

  • १०. डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको उपचारमा जुटे जोशी

‘ढुङ्गाना र तुलाधर बिना नेपालमा शान्ति सम्भव थिएन’

  •   बुधबार, मङि्सर ०५, २०८१ मा प्रकाशित

काठमाडौँ- नेपालको लोकतान्त्रिक आन्दोलनलाई उचाइमा पु¥याउन र १० वर्षे सशस्त्र द्वन्द्वलाई शान्तिमा रुपान्तरण गर्ने कार्यमा पूर्वसभामुख दमननाथ ढुङगाना र पूर्वमन्त्री पद्मरत्न तुलाधरको विशिष्ट योगदान रहेको स्मरण गरिएको छ ।

तत्कालीन सरकार र विद्रोही नेकपा (माओवादी) बीच विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको आज १८ वर्ष पूरा गरेको अवसरमा शान्ति सम्झौतामार्फत द्वन्द्व व्यवस्थापन गर्दै मुलुकलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गराउन उनीहरुको योगदान सदासर्वदा स्मरण भइरहने धारणा व्यक्त गरिएको हो ।

अधिकारकर्मी प्राध्यापक कपिल श्रेष्ठले तुलाधर आफैँ वामपन्थी भएकाले माओवादीसँगको भावनात्मक सम्बन्ध र निकटता रहेको उल्लेख गरे । उनले ढुङ्गानाको लोकतन्त्र र शान्ति प्रक्रियालाई अघि बढाउने प्रतिबद्धता र इमान्दारीका कारण सत्तापक्ष र विद्रोहीलाई शान्ति सम्झौता ल्याउन सम्भव भएको प्रतिक्रिया दिए ।

उनले भने, “दुवै जना दिवङ्गत भइसके पनि नेपालको शान्ति प्रक्रिया अघि बढ्नुमा ढुङगाना र तुलाधरको अत्यन्त ठूलो योगदान छ भनी सबैले स्वीकार गरेको विषय हो ।” स्वतन्त्र वामपन्थी तथा मानवअधिकारकर्मी तुलाधरको विसं २०७५ कात्तिक १८ गते र संविधानका ज्ञाता ढुङ्गानको यही मङ्सिर २ गते निधन भएको थियो ।

प्राध्यापक श्रेष्ठले उनीहरुले नेपालमा बहुदलीय व्यवस्था, लोकतन्त्र, शान्ति र मानवअधिकारका पक्षमा जीवनपर्यन्त वकालत गर्दै मुलुकमा विगतको माओवादी सशस्त्र द्वन्द्व अन्त्य गरी शान्ति बहाली गर्नसमेत महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । “शान्ति प्रक्रियाको महत्वपूर्ण विशेषता भनेको नेपालीहरु आफैँले पहिल्याएको बाटो हो । अप्ठ्यारो परेका बेला जस्तोसुकै समस्या समाधान गर्न नेपाली आफैँ सक्षम छन् भन्ने सन्देश यसमार्फत विश्व समुदाय दिन सफल भएको छ ।”

पछिल्लो समय सङ्क्रमणकालीन न्यायका सम्बन्धमा संसद्मा निकै लामो बहस र छलफलपछि कानुन पारित भएको छ । सङ्क्रमणकालीन न्यायमार्फत द्वन्द्वको घाउलाई किनार लगाउन सकियोस् भन्नेमा तुलाधर र ढुङ्गाना चिन्तित थिए । राजनीतिक विश्लेषक श्याम श्रेष्ठ फरक राजनीतिक अभ्यास गरिरहेका तत्कालीन सात राजनीतिक दल र विद्रोही माओवादीलाई एकै ठाउँमा ल्याउन तुलाधर र ढुङ्गाले अथक मेहनत गरेको उनले स्मरण गरे ।

“मिल्न नसकेका दुवै पक्षलाई आपसमा विचार आदानप्रदान गरी मिलन बिन्दु पत्ता लगायर शान्ति प्रक्रियामा ल्याउन उहाँहरुको ऐतिहासिक योगदान थियो”, श्रेष्ठले भने, “त्यतिखेर उहाँहरुले मध्यस्थता नगरेका भए यति छिटो शान्ति प्रक्रिया ल्याउन असम्भव थियो ।”

उनीहरुकै पहलमा दुवै थरीलाई साझा मुद्दा पहिल्याइ शान्ति वार्ता हुँदै बाह्र बुँदे समझदारीसम्म ल्याउन सहयोग गरेको श्रेष्ठको भनाइ छ । “माओवादी संविधानसभाभन्दा तल नमान्ने, अन्य दल संसदीय व्यवस्था नछाड्ने, माओवादीलाई बहुदल र संसदवादी दललाई संविधानसभा मान्न लगाउने गरी मिलन बिन्दु पहिल्याउन उहाँहरुको योगदान छ”, उनले भने, “तुलाधर र ढुङ्गाना बिनाको शान्ति सम्झौताको परिकल्पना गर्न सकिँदैनथ्यो, पछाडि कुनै बिन्दुमा हुन्थ्यो होला, यति छिटै नेपालमा शान्ति नआउन सक्थ्यो ।” रासस

  • शान्ति
बुधबार, मङि्सर ०५, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
अब धनगढीमा मोबाइल एपबाटै खाना अर्डर गर्न सकिने
धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै
सात लाख ३२ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध
नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि
लागूऔषधसहित एक युवक पक्राउ
कैलाली र कञ्चनपुरबाट ८४ हजार बढीका भन्सार छलीका सामान बरामद

समाचार

सबै

अब धनगढीमा मोबाइल एपबाटै खाना अर्डर गर्न सकिने

धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

सात लाख ३२ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि

अब धनगढीमा मोबाइल एपबाटै खाना अर्डर गर्न सकिने

धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

सात लाख ३२ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • २.
    पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ३.
    कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित

  • ४.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ५.
    युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ६.
    मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.