• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • २. पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ३. कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

  • ४. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ५. युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ६. मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

  • ७. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • ८. धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

  • ९. सांसद पाठकले लगाए जेई खाेप

  • १०. डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको उपचारमा जुटे जोशी

भाँडा माझ्दै पढेका पदम बने स्थायी शिक्षक

  •   मङ्गलबार, मङि्सर ११, २०८१ मा प्रकाशित

बैतडी- ‘ढुङ्गाको काप फोरेर पनि उम्रिन्छ पिपल, सिर्जना शक्ति संसारमा कहिल्यै हुँदैन विफल’

घरायसी आर्थिक अवस्थाले बिचमै पढाइ छाडेर भारत जाने सुदूरपश्चिममा थुप्रै युवा छन् । तीमध्ये एक पदम विश्वकर्मा छन् । उनी भारतमा ज्याला मजदुरी गर्दै अध्ययन गरेर नेपालमा शिक्षक सेवा आयोग उत्तीर्ण गरी माध्यमिक तहको अङ्ग्रेजी शिक्षक बन्न सफल भएका छन् ।

भारतमा मजदुरी गरेर पढाइ गरेका दिपायल सिलगढी नगरपालिका–८, डोटीका पदम विश्वकर्मा मावि तहको स्थायी शिक्षक भएर अङ्ग्रेजी पढाउन बैतडी आइपुगेका छन् । उनको पदस्थापन बैतडीको मेलौली नगरपालिका–४, तिताबैस्थित विजयपुर माविमा भएको छ ।

बुसर्ट, खैरो पाइन्ट र कालो उनीको टोपीमा शिक्षा विकास तथा समन्वय एकाइ बैतडीमा भेटिएका पदम नियुक्तिपत्र बुझ्ने बेला विगत सम्झेर भावुक बने । “यो खुसी बुवाले देख्न पाउनुभएन,” पदमले भने, “मिर्गौलाको रोग लागेर बुवा एक वर्षअघि बित्नुभयो । उपचार गर्ने खर्च भएको भए सायद बाच्नुहुन्थ्यो । ४८ वर्षकै उमेरमा बुवाको निधन भयो ।”

यी सबै सफलताका पछाडि बुवाको योगदान र कहालीलाग्दो सङ्घर्षपूर्ण विगत रहेको पदमले बताए । गरिबीले खानलगाउन नपाएपछि उनका पिता दिलु कामी सुदूरपश्चिमबाट भारतको मुम्बई पुगे । २०६२ सालमा बुवासँगै नौ वर्षका पदम पनि मुम्बई पुगे । बुवासँगै होटलमा भाँडा माझ्ने काममा पदम लागे । मुम्बईमा पनि स्कुल रहेछ भनेपछि बुवाको मन पग्लियो । पदमले मुम्बईको सेन्ट जुड्स विद्यालयमा कक्षा ४ मा पढ्ने मौका पाए । “भर्ना भएको त्यो स्कुल नाम मात्रको थियो,” पदमले सुनाए, “कक्षा ३ र ४ मा जम्मा तीन जना विद्यार्थी थियौँ । त्यहाँ जेनतेन कक्षा ४ सम्म पढेँ । त्यसपछि अलिकति राम्रो स्कुल भनेर बुवाले द डनबस्को हाइस्कुलमा भर्ना गरिदिनुभयो । कक्षा ५ र ६ को पढाइ यहीँबाट सकेँ ।”

पदमले अगाडि भन्छन्, “बुवा राति चौकीदारी गर्नुहुन्थ्यो । दिउँसो गाडी धुने, होटलमा भाँडा माझ्ने अनि मलाई पढाउनुहुन्थ्यो । मैले पनि बुवालाई काममा सघाउँथे । घरमा पनि खर्च पठाउनुपथ्र्यो । दुई भाइ, एक बहिनी र आमा पनि बुवाकै कमाइले बाँचेका थिए ।”

तीन वर्ष स्कुल जान पाइनँ

स्कुल पढ्न बुवाको कमाइले नपुगेपछि कक्षा ७, ८ र ९ मा विद्यालय जान नपाएको पदमले बताए । तीन वर्षसम्म स्वअध्ययन गरेर बुवासँगै चौकीदारी गर्ने, गाडी धुने, भारी बोक्ने जस्ता काम गरेर घरमा खर्च पठाउने काम गरेको उनले बताए । सङ्घर्षको कथा सुनाउँदै उनले भने, “पढाइ छाडेर मुम्बईमा तीन वर्ष काम गर्दा अलिकति पैसा जम्मा गरेको थिएँ । एसएलसीको तयारी गर्न कक्षा १० का किताब किनेर प्राइभेट फर्म भरेँ । परीक्षामा सहभागी हुन पाएपछि सन् २००९ मा ८५।२७ प्रतिशत नतिजा ल्याएर कक्षा १० उत्तीर्ण गरेँ ।” नतिजा राम्रो देखेपछि खुसी भएका बुवाले मुम्बईस्थित केपिबी हिन्दुजा कलेजमा भर्ना गर्न सुझाव दिएपछि दुई वर्ष निरन्तर क्याम्पस पढे । निरन्तर अध्ययन गर्न पाएपछि उनले कक्षा १२ को परीक्षामा ७७.८३ प्रतिशत नतिजा हासिल गरे ।

उच्च शिक्षामा फेरि अवरोध

भारतमा कक्षा १२ उत्तीर्ण गरेपछि माथिल्लो शिक्षा आर्जन गर्न पुनः आर्थिक समस्या हुँदा फेरि सडकमै फर्केर विभिन्न होटलमा ‘वेटर’ को काममा पदम लागे।

उनले भने, “यो २०६७ सालको कुरा थियो । यो बिचमा घर आएँ । विवाह पनि गरेँ । गाउँमा कुनै रोजगारी थिएन, पुनः मुम्बई हिँडेँ । चार वर्ष म निकै बिग्रिएँ । क्रिकेटमा सट्टाबाजी लगाउन थालेपछि म डुबेँ । कहिलेकाहीँ राम्रो पैसा पनि आउँथ्यो । दुई वर्षसम्म म घरपरिवारसँग सम्पर्कविहीन जस्तै भएँ । त्यसपछि बुबाले मुम्बई छाड्न कर गरेपछि नेपाल फर्किएँ ।”

डोटी क्याम्पस भर्ना

गाउँ फर्केर २०७४ सालमा पदम डोटी क्याम्पस भर्ना भए । अङ्ग्रेजी मूल विषय लिई २०७९ सालमा उनले डोटी बहुमुखी क्याम्पसबाट ५८.९५ प्रतिशत नतिजा ल्याएर बिएड पूरा गरे । यो बिचमा पदमकी एक बहिनीको बिहे पनि भयो । दुई जना भाइमध्ये दशरथ विश्वकर्माले कक्षा ७ को पढाइ छाडेर भारत गए । अर्को भाइ अशोकले पनि कक्षा ८ उत्तीर्ण गरेर उही कालापहाड रोजे । “जीवनमा नसोचेको कुरा पनि हुँदो रहेछ,” पदमले भने, “दलित समुदायका मानिसलाई हातमुख जोर्नै धौधौ हुँदा आफ्ना भाइ जस्ता अरूले पनि यसरी नै विद्यालय छाडेर हिँडेको देखेपछि मैले शिक्षक बन्ने अठोट गरेँ ।” यही अठोट लिएर २०८० सालमा शिक्षक सेवा आयोगले लिएको मावि लाइसेन्सको परीक्षा उत्तीर्ण गरेर २०८१ सालमा खुलेको शिक्षक सेवा आयोगको परीक्षामा मावि अङ्ग्रेजी विषयको स्थायी शिक्षक बन्न सफल भएको पदमले बताए । गोरखापत्रबाट

  • स्थायी शिक्षक
मङ्गलबार, मङि्सर ११, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
अत्तरिया बसपार्कमा प्रहरीको चाडपर्व लक्षित यात्रु सहायता कक्ष स्थापना
अब धनगढीमा मोबाइल एपबाटै खाना अर्डर गर्न सकिने
धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै
सात लाख ३२ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध
नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि
लागूऔषधसहित एक युवक पक्राउ

समाचार

सबै

अत्तरिया बसपार्कमा प्रहरीको चाडपर्व लक्षित यात्रु सहायता कक्ष स्थापना

अब धनगढीमा मोबाइल एपबाटै खाना अर्डर गर्न सकिने

धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

सात लाख ३२ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

अत्तरिया बसपार्कमा प्रहरीको चाडपर्व लक्षित यात्रु सहायता कक्ष स्थापना

अब धनगढीमा मोबाइल एपबाटै खाना अर्डर गर्न सकिने

धनगढी–१२ जुगेडा डी गाउँमा असोज २५ गतेदेखि रामलीला सुरु हुँदै

सात लाख ३२ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • २.
    पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ३.
    कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित

  • ४.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ५.
    युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ६.
    मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.