धनगढी- कैलाली बहुमुखी क्याम्पसले त्रिभुवन विश्वविद्यालय टपर धरणीधर भट्टलाई सम्मान गरेको छ। त्रिभुवन विश्वविद्यालय टप गरेका भट्टलाई क्याम्पस र स्वतन्त्र विद्यार्थी युनियनले आज एक कार्यक्रमकाबीच सम्मान गरेको हो ।
भट्ट स्नातक तहको वाणिज्य व्यवस्थापन संकायमा देशभरमै उत्कृष्ठ हुन सफल भएका थिए ।
भट्टले पहिलो सेमेस्टरमा ३.८८ जिपिए, दोस्रोमा ३.९६, तेस्रोमा ३.९८, चौथोमा ३.९९, पाँचौँमा ३.९४, छैटौँमा ३.९६, सातौँमा ३.८९ तथा आठौँ सेमेस्टरमा ३.९८ जिपीए ल्याउँदै ओैसत ३.९५ जिपिए ल्याएर देशभरीमै उत्कृष्ट हुन सफल भएका हुन् ।














