धनगढी- कैलालीबाट प्रहरीले लागूऔषधसहित चार जना पक्राउ गरेको छ ।
बुधवार जिल्लाको गोदावरी नगरपालिका–९ बाट गोदावरी नगरपालिका–८ बस्ने २० वर्षीय बिबेक चौधरीलाई ३६० मिलिग्राम लागूऔषध (खैरो हेरोइन)सहित इलाका प्रहरी कार्यालय मालाखेती र लागू औषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढीबाट सँयुक्त रुपमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
टीकापुर नगरपालिका–३ शंकरपुर बस्ने २१ वर्षीय किसन विक र २९ वर्षीय लक्ष्मीप्रसाद चौलागाई पक्राउ परेका छन्। उनीलाई १४० मिलिग्राम खैरो हेरोइनसहित इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले भजनी नगरपालिका–३ मोरीयाघाट स्थित भारतबाट नेपाल तर्फ पैदल आउँदै गरेको अवस्थामा दुबै जनालाई नियन्त्रणमा लिएको जनाइएको छ ।
त्यस्तै,ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले जानकी गाउँपालिका–७ बस्ने १९ वर्षीय शंकर चौधरीलाई टीकापुर नगरपालिका–३ रामपुर स्थित सडक छेउमा लागूऔषध (खैरो हेरोईन) सेवन गरिरहेको अवस्थामा फेलापारी पक्राउ गरिएको हो। उनलाई १ ग्राम ७० मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित नियन्त्रणमा लिइ आवश्यक कारवाहीका लागि ईलाका प्रहरी कार्यालय टीकापुरमा राखिएको प्रहरीले जनाएको छ।













