धनगढी– दार्चुलामा बाढीपहिरोमा परी ज्यान गुमाएका परिवारलाई प्रदेश सरकारले जनही एक लाख रुपैयाँ दिने भएको छ । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री डा.रणबहादुर रावलले आज (शनिवार) प्रदेश सरकारका तर्फबाट मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ दिने घोषणा गरेका हुन् ।
शनिवार बाढीपहिरो प्रभावितका लागि राहत र उद्धार सामग्री लिएर उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूसहित दार्चुला पुगेको मन्त्री रावल र वनमन्त्री मानबहादुर धामीको टोली दार्चुला पुगेको हो । राहत बितरणका लागि दार्चुला पुगेका मन्त्री रावलले तत्काल प्रदेश सरकारको तर्फबाट मृतकका परिवारलाई एक लाख रुपैँया दिइने घोषणा गरे ।
उनले बाढीपहिरोमा परी घाइते भएकाहरूलाई उपचारका लागि पनि जनही ५० हजार रुपैयाँ सहयोग उपब्लध गराउने बताएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार अहिलेसम्म ५ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्। अझै १० जना बेपत्ता छन्।













