धनगढी । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ को अध्यक्षमा कांग्रेसका उम्मेदवार प्रकाश चन्द निर्वाचित भएका छन् ।
चन्दले १ हजार १०७ मत प्राप्त गरेर जित हासिल गरेका छन भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका बहादुर चन्दले ४ सय ८७ मत प्राप्त गरेका छन ।
राप्रपाका सुशीलकुमार भट्टले ३ सय ६९ मत प्राप्त गरेका छन। एकीकृत समाजवादीका जितेन्द्रबहादुर चन्दले २ सय २५, राष्ट्रिय स्वतन्त्र पार्टीका रामदत्त भट्टले २ सय १८, स्वतन्त्र उम्मेदवार थानेश्वर लेखकले १ सय ४२ मत प्राप्त गरेका छन् ।
त्यस्तै,नागरिक उन्मुक्ति पार्टीका हरिश डगौराले १ सय २७, माओवादी केन्द्रका नानाराम कोलीले १ सय २२ मत र स्वतन्त्र उम्मेदवार युवराज चन्दले ९९ मत प्राप्त गरेका छन ।













